इलाम २ मा रास्वपा उम्मेदवार मिलन लिम्बू

nepalish-add

इलाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ।

बिहीबार केन्द्रीय कार्यालय चःमतिमा उम्मेदवारका ६ जना आकांक्षीसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

रास्वपाका केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार उम्मेदवारहरूबीच छलफलबाट लिम्बूलाई समर्थन गर्ने निर्णय भएको हो।
वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदै छ। त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। लिम्बू यसअघि पत्रकार थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

palika_darpan_icon
पालिका दर्पण
होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ट्रेन्डिङ

No data was found