युएईले नेपाली नागरिकलाई भिसा नदिने

nepalish-add

झापा । नेपाली कारमदारकाे प्रमुख गन्तब्य संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाली नागरिकका लागि कामदार भिसा पनि बन्द गरेको छ।

यूएईले सोमबारबाट नेपालीका लागि भिजिट भिसा बन्द गरेको थियो।

नेपालमा जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी तथा लुटपाटका घटनाको अनुसन्धान सुरु भएको र जेलबाट ठूलो संख्यामा कैदी भागेपछि यूएईले कामदार एवं भिजिट भिसा बन्द गरेको जनाइएको छ।

पछिल्लो समय नेपाली सबैभन्दा बढी भिजिट भिसामा यूएई जाने गरेका छन्।

युएईस्थित विभिन्न कम्पनीहरूले भिसा टाइपिङ गर्ने क्रममा आवेदन दिन नसकेको र पहिले नै टाइप भएका भिसासमेत रद्द हुन थालेको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

palika_darpan_icon
पालिका दर्पण
होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ट्रेन्डिङ

No data was found