८ वटा नदीहरूले पार गरे खतराको तह

nepalish-add

विर्तामोड । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले ८ वटा नदी खतराको तहमा पुगेको बताएको छ।

बिहान ५ः३० बजे गरिएको मापन अनुसार बागमती, सुनकोसी, अरूण, तमोर, कन्काई, बुढी खोला–सुनसरी, बिरिङ खोला झापा लगायत नदीले विभिन्न स्थानमा खतराको तह पार गरिसकेका छन्।

त्यस्तै १२ वटा नदी केन्द्रहरूमा जलसतह सतर्कताभन्दा माथि र प्रायजसो बढ्दो क्रममा रहेको महाशाखाले बताएको छ।

बागमती, कमला, कोसी जलाधार अन्तर्गत् पर्ने नदीहरू सतर्कता तहभन्दा माथि छन्।

यस्तै कोशी, मधेस र बागमी प्रदेशका अन्य सबै नदीनालाहरूमा बहाब सतर्कता तह नजिक पुगेको पनि महाशाखाले बताएको छ।

बागमती र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तिब्रता विस्तारै घट्न सुरू गरेको र कोसी प्रदेशको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको महाशाखाले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

palika_darpan_icon
पालिका दर्पण
होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ट्रेन्डिङ

No data was found