ओमानविरूद्ध नेपालले टस जित्यो, टिममा एक परिवर्तन

nepalish-add

विर्तामोड । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा अहिले राति नेपालले घरेलु टोलीसँग खेल्दैछ।

खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ। खेलका लागि नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। 

सन्दीप जोराको स्थानमा लोकेश बमलाई मौका दिइएको छ। 

नेपाली टोली : आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, लोकेश बम, गुल्सन झा, आदिल अन्सारी, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने। 

दुवै टोली यसअघि नै टी-२० विश्वकपमा पुगिसकेका छन्। त्यसैले दुवै टोली दबाबरहित छन्। खेलले छनोटको च्याम्पियन निर्धारण गर्न भने सक्नेछ।

छनोटमा अपराजित रहेका नेपाल र ओमानबीचको यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। 

सुपर-६ को शीर्ष टोली ओमान र दोस्रो स्थानको नेपाल दुवैको ६-६ अंक छ। 

अन्तिम दुई खेलअघि नै टी-२० विश्वकपमा स्थान बनाएका दुवै टोली उच्च लयमा छन्। सुपर-६ मा नेपालले यसअघि युएई र कतारलाई पराजित गरेको थियो। ओमानले पनि सुपर-६ मा युएई र कतारलाई नै हराएको थियो। 

टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल र ओमानबीच अहिलेसम्म आठ खेल भएका छन्। जसमा नेपाल ५ खेलमा विजयी हुँदा ओमनले २ खेलमा जित निकालेको छ। एक खेल भने टाइ भएको छ। टाइ भएको उक्त खेल सुपर ओभरमा भने ओमानले जितेको थियो। 

पछिल्लो पटक नेपाल र ओमानबीच सन् २०२४ को अक्टोबरमा प्रतिस्पर्धा भएको थियो। क्यानडामा भएको ट्राइ सिरिजको दुवै खेलमा नेपाल विजयी भएको थियो।

दुवै टोली पछिल्लो समय भने फर्ममा छन्। ओमान आफ्ना पछिल्ला पाँचै खेलमा विजयी हुँदा नेपालले पाँचमध्ये चार खेलमा जित हात पारेको छ। नेपाल लगातार चार खेलमा विजयी छ।

छनोटमा नेपालका लागि सन्दीप लामिछानेले ४ खेलमा १० विकेट लिइसकेका छन्। अरु बलर लगातार चल्न सकेका छैनन्। दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले ४ खेलमा ४ विकेट लिएका छन्। 

ओमानका लागि जितेन रमानन्डीले ७ विकेट लिएका छन् भने नदीम खान, शकील अहमद र शाह फैसलले ५-५ विकेट लिएका छन्।

ब्याटिङमा नेपालका लागि कुशल भुर्तेलले ४ खेलमा १२१ रन बनाएका छन् भने रोहित पौडेलले ११२ रन जोडेका छन्। आसिफ शेखले पनि १०२ रन बनाइसकेका छन्। ओमानका लागि जतिन्दर सिंहले ११८ रन बनाएका छन्। अरु ब्याटरले चार खेलमा सय रन बनाएका छैनन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

palika_darpan_icon
पालिका दर्पण
होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ट्रेन्डिङ

No data was found