मिराज ढुंगाना समूहलाई प्रहरीले लगायो सिंहदरबार प्रवेशमा रोक

nepalish-add

काठमाडौं । गरिखान देऊ अभियानका संयोजक ‘जेनजी’ मिराज ढुंगानाको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन भन्दै मंगलबार (मंसिर ९) सिंहदरबारको गेटमा पुगेको उक्त समूहलाई प्रहरीले प्रवेश नदिएको हो ।

“हाम्रो टिम प्रधानमन्त्री कार्यालय जाँदै थियौँ, तर गेटमै प्रहरीले रोकेर फर्काएको छ । के कारणले फर्कायो हामीले पनि बुझेका छैनौँ,” उनले भने ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईले निषेधित क्षेत्रमा पाँचजनाभन्दा बढी मानिस जम्मा भएपछि सोहीअनुसार हटाइएको बताए ।

“सिंहदरबार वरिपरि निषेधित क्षेत्र हो । त्यहाँ पाँचजनाभन्दा बढी जम्मा भएपछि निषेधित क्षेत्रको पालना गरेका हौँ । सिंहदरबार प्रवेश गर्नका लागि त प्रवेश पास लिनुपर्ने होला, नियम पालना गर्नुपर्ने होला नि !,” उनले भने ।

सोमबार (मंसिर ८) पनि ढुंगानाको टिम प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने भन्दै सिंहदरबार पुगेको थियो । तर, प्रधानमन्त्रीसित भेट सम्भव भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

palika_darpan_icon
पालिका दर्पण

ताजा अपडेट

EPIC

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found