बुद्धशान्तिमा लागुपदार्थ विरुद्धको अभियान: सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न

nepalish-add

बुद्धशान्ति । बुधबारे जेसीजले बुद्धशान्ति गाउँपालिका वडा नं. १ मा रहेको न्यू स्टार युथ क्लबले संचालन गरिरहेको लागुपदार्थ दुर्व्यसनी विरुद्धको अभियान सम्बन्धी सिकाइ आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

न्यू स्टार युथ क्लब बुद्धशान्ति १ भोटेटारले विगत ४८ दिन देखि लागु पदार्थ दुर्व्यसनी विरुद्धको अभियान संचालन गर्दै आएको छ । सो अभियान अन्तर्गत रात्रीकालीन गस्ती, सचेतनामूलक भिडियो प्रर्दशनी, कोणसभा, लागुऔषध प्रयोगकर्ताहरुका लागि सीपमूलक तालिम संचालन गरिरहेको क्लबका अध्यक्ष एकराज भुजेलले बताए ।

बुधबारे जेसीजले पनि आफ्नो दीर्घकालीन परियोजना अन्तर्गत लागुऔषध दुर्व्यसनी विरुद्ध विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको र न्यू स्टार युथ क्लबको ४८ दिन निरन्तर अभियान संचालन गर्दाको सिकाई तथा अनुभवहरुलाई जेसीजले संचालन गर्ने अभियानमा समेत समावेश गर्दै अभियानलाई अझ प्रभावकारी बनाउनका लागि सिकाइ आदान प्रदान कार्यक्रमको आयोजना गरिएको बुधबारे जेसीजका अध्यक्ष दुर्योधन सिंह राजपुतले बताए ।

कार्यक्रमका अवसरमा बुधबारे जेसीज र न्यू स्टार युथ क्लबले लागु पदार्थ दुर्व्यसनी विरुद्धको अभियानमा सहकार्य गर्ने, क्लबले आयोजना गरिरहेको अभियानमा बुधबारे जेसीजको ऐकेवद्धता रहने, बुद्धशान्तिका अन्य वडामा समेत यस किसिमको अभियान संचालनका लागि बुधबारे जेसीजले नेतृत्व लिने र क्लबले आफ्नो अनुभव तथा सिकाइहरु साटासाट गर्ने सहमती समेत भएको बुधबारे जेसीज वर्ष २०२४ का स्वास्थ्य संयोजक तथा यस कार्यक्रमका संयोजक विजय राईले अभिव्यक्तिलाई बताए ।

बुधबारे जेसीजका अध्यक्ष दुर्योधन सिंह राजपुतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा न्यू स्टार युथ क्लबका अध्यक्ष एकराज भुजेलको प्रमुख आतिथ्यता रहेको थियो साथै नमूना शुक्रबारे कृषि बजारका प्रतिनिधि, क्लबका सदस्य तथा जेसीज सदस्यहरुको सहभागितामा सम्पन्न कार्यक्रमको संचालन बुधबारे जेसीजका महासचिव गजुहाङ योङहाङले गरेका थिए भने बुधबारे जेसीजका उपाध्यक्ष सुरज दंगालले जेसीज आस्था पाठ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

palika_darpan_icon
पालिका दर्पण
होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ट्रेन्डिङ

No data was found