महेश भन्छन्: काठमाडौंमा १० औं हजार उतार्छौँ, एमाले के हो ? देखाउँछौँ

nepalish-add

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य महेश बस्नेतले बुधबार–बिहीबारभित्रै काठमाडौंमा १० औं हजारको भिड उतार्ने उद्घोष गरेका छन्। मंगलबार जेन–जी आन्दोलनका क्रममा आगजनी गरेर जलाइएको एमाले केन्द्रीय कार्यालयमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्।

‘भोलि र पर्सिभित्रै उपत्यका भित्र एउटा विशेष कार्यक्रम गर्छौँ,’ बस्नेतले भने, ‘त्यो कार्यक्रममा १० औं हजार युवा परिचालन गर्छौँ। त्यो कार्यक्रमको तपाईँहरू नोटिस गरिराख्नुस्।’ त्यो कार्यक्रममा के हो एमाले? के हो युवा संघ? भन्ने कुरा प्रमाणित गर्ने गरी आफूहरू कार्यक्रम गर्न लागेको उनले बताए। उनले भने, ‘एमाले कमजोर छैन, युवा संघ कमजोर छैन, अखिल, अनेमसंघ कुनै पनि संस्था कमजोर छैन।’

अब आफूहरू पार्टीको काममा निरन्तर लागेको पनि उनले बताए। ‘हामी रेगुलर काममा लाग्यौँ। अब टोल टोलको सुरक्षा लिने काममा हामी लाग्यौँ,’ बस्नेतले भने।

यस्तै असोज ३ गते संविधान दिवसका अवसरमा एमालेले कार्यक्रम गर्ने र त्यही कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता उत्रिने पनि उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

palika_darpan_icon
पालिका दर्पण
होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ट्रेन्डिङ

No data was found