यूएईविरुद्ध नेपाली ओपनिङ जोडीको अर्धशतकीय साझेदारी

nepalish-add

काठमाडौं। आईसीसी टी–२० विश्वकप एसिया एन्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा यूएईविरुद्ध ब्याटिङ गरिरहेको नेपालले बलियो ओपनिङ साझेदारी गरेको छ।

आठौं ओभरको खेल चलिरहँदा नेपालले अर्धशतकीय साझेदारी गरेको हो।

ओपनर आशिफ शेख २७ र कुशल भुर्तेलले २२ रन बनाएपछि नेपालले ५० रन पूरा गरेको हो।

ओमानको अल अमारेत ग्राण्डमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो। युएईविरुद्ध खेल्ने नेपालको टोलीमा कुनै परिवर्तन गरिएको छैन। समूह चरणमा जापानविरुद्ध खेलेको नेपाली टोली नै यूएईविरुद्ध मैदान उत्रिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

palika_darpan_icon
पालिका दर्पण
होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ट्रेन्डिङ

No data was found