गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष रामेश्वर शाहले जनकपुरधाममा पाँचतारे होटल निर्माण गर्ने परियोजना सुरू गरेका छन्।
मिथिला हस्पिटालिटीमार्फत अघि बढाइएको यस आयोजनाको भुमी पुजन सम्पन्न भएको छ।
यो पनि पढ्नुहोस्

हिक्मत सिंह ऐरलाई पर्यटन बोर्डको निमित्त सिइओको जिम्मेवारी

आहा! एन्जेलिया

पर्यटक लिएर नेपाल भित्रने सवारी साधनले अनलाइनबाटै विवरण भर्न र राजश्व तिर्न सक्ने
चितवनमा रोयल टुलिप रिसोर्ट सञ्चालनपछि शाहले जनकपुरमा लगानी विस्तार गरेका हुन्।
करिब २ अर्ब रूपैयाँ लगानी हुने होटल तीन वर्षभित्र निर्माण सम्पन्न गरी २०८६ वैशाखदेखि सञ्चालन गर्ने लक्ष्य छ।
करिब साढे दुई बिघा क्षेत्रफलमा बन्ने होटलमा १२४ कोठा र ३७२ शय्या रहनेछन्। आधुनिक भोजनालय, सभा हल, पौडी पोखरी, स्वास्थ्य केन्द्रलगायत सुविधा रहनेछ।
होटल सञ्चालनमा आएपछि करिब १५० जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ।
यसले धार्मिक तथा पर्यटकीय केन्द्र जनकपुरको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।




























प्रतिक्रिया दिनुहोस्