बिहीबार, १३ कार्तिक २०८३, ०९:४८
बिहीबार, १३ कार्तिक २०८३, ०९:४८

दीपेन्द्रको ब्याटिङ चम्किँदा सुदूरपश्चिमको सानदार जित

|
६ मिनेट पढ्ने समय
0
e64101ee 75eb 4383 beef eda32c428244 1793199026

काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक र इशान पाण्डेसँगको उत्कृष्ट साझेदारीमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ।  सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो।

यो पनि पढ्नुहोस्

अमेरिकामाथि नेपालको शानदार जित, कुशल भुर्तेलको अविजित शतक
२०८३ जेष्ठ २ गते, शनिबार
एनपीएल २ मा क्यानको मुनाफा २७४ प्रतिशत बढ्यो, प्रत्येक फ्रेन्चाइजको भागमा २ करोड
२०८२ चैत्र २४ गते, मंगलवार
आइपिएलमा दिल्ली र मुम्बई खेल्दै
२०८२ चैत्र २१ गते, शनिबार

बुधबार त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रले अविजित ५१ रन बनाए। उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा जितको खाता खोलेको हो। पोखराले भने प्रतियोगिताको पहिलो खेलमै हार बेहोरेको छ।

१४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले सुरुवातमै दुई विकेट गुमाएको थियो। पहिलो ओभरमै विनोद भण्डारी ४ रन बनाएर आउट भए। धनञ्जय लक्षनले उनलाई बोल्ड गरेका थिए।

तेस्रो नम्बरमा आएका ब्रान्डन म्याकमुलेनले आक्रामक ब्याटिङ गर्दै १२ बलमा २२ रन बनाए। उनले २ चौका र १ छक्का प्रहार गरे। तर, चौथो ओभरको अन्तिम बलमा उनी शकिब अल हसनको बलमा एलबीडब्लु आउट भए।

सइफ जइबले १६ बलमा १५ रन बनाए। उनी सातौँ ओभरको तेस्रो बलमा रनआउट भएपछि सुदूरपश्चिम ५६ रनमा तीन विकेट गुमाएर दबाबमा परेको थियो।

तीन विकेट गुमाएपछि कप्तान दीपेन्द्र र इशान पाण्डेले चौथो विकेटका लागि ७४ रनको महत्त्वपूर्ण साझेदारी गरे। दुवैले संयमित ब्याटिङ गर्दै टोलीलाई लक्ष्यतर्फ अघि बढाए।

दीपेन्द्रले एकातिर जिम्मेवारीपूर्ण ब्याटिङ गरे भने इशानले उनलाई उत्कृष्ट साथ दिए। इशानले ३१ बलमा ३७ रन बनाए। उनले २ चौका र २ छक्का प्रहार गरे।

इशान १६औँ ओभरमा १३० रनको अवस्थामा आउट भए पनि त्यसबेलासम्म सुदूरपश्चिम जितको नजिक पुगिसकेको थियो। उनले मेहदी हसनको बलमा विकेट गुमाए।

त्यसपछि क्रिजमा आएका शेरफेन रदरफोर्डले ४ बलमा अविजित ८ रन बनाए। उनले १ छक्का प्रहार गरे। दीपेन्द्र र रदरफोर्डले टोलीलाई १६.५ ओभरमै जित दिलाए।

दीपेन्द्रले ५१ रनको अविजित इनिङ्स खेलेपछि सुदूरपश्चिमले लक्ष्यभन्दा १९ बलअघि नै खेल जितेको हो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो।

पोखराका लागि अर्जुन घर्तिमगरले अविजित ४० रन बनाए। उनले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे। अन्तिम ओभरमा आक्रामक ब्याटिङ गर्दै १५ रन जोड्दा पोखराको स्कोर १४५ रन पुगेको थियो।

बंगलादेशका मेहदी हसनले २१ बलमा ३२ रन बनाए। कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रन जोडे। शकिब अल हसनले १६ बलमा १४ तथा धनञ्जय लक्षनले १६ बलमा ११ रन बनाए।

पोखराले १४ रनमा पहिलो विकेट गुमाएको थियो। त्यसपछि मेहदी र कुशलले दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे। तर, नियमित अन्तरालमा विकेट गुमाउँदा पोखराले ठूलो स्कोर बनाउन सकेन।

पोखरा ६८ रनमा तीन विकेट, ७८ रनमा चार विकेट र ८३ रनमा पाँच विकेट गुमाउने अवस्थामा पुगेको थियो। अर्जुनले एक छेउ सम्हाल्दै अन्तिमसम्म ब्याटिङ गरेपछि टोलीले प्रतिस्पर्धात्मक लक्ष्य दिएको थियो।

सुदूरपश्चिमका बलरमध्ये अनिल खरेल सबैभन्दा सफल रहे। उनले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए।

कप्तान दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २१ रन दिँदै एक विकेट लिए। हेमन्त धामीले १४ रन खर्चेर एक विकेट लिए भने स्कट कुगेलेइनले एक विकेट हात पारे।

******

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ