लम्की । कैलालीको लम्कीचुहा न.पा. १, लम्की स्थित मातृभुमि सामुदायिक वन उपभोक्ता समूहको १२ औं वार्षिक चुनावी साधारण सभा सम्पन्न भएको छ ।
सामुदायिक वनका अध्यक्ष दिलबहादुर साउँदको सभापतित्वमा सम्पन्न साधारण सभामा लम्कीचुहा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नेत्र प्रसाद खनाल प्रमुख अतिथि रहनु भएको थियो ।
यो पनि पढ्नुहोस्
सभामा आर्थिक वर्ष २०८२/०८३ को आर्थिक प्रतिवेदनसँगै अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा सामुदायिक वनको कुल आय–व्यय १४ लाख ४७ हजार १ सय ७१ रुपैयाँ रहेको जानकारी गराइएको थियो।
यसैबीच, साधारण सभाले नयाँ कार्यसमिति चयन गर्ने प्रक्रिया अघि बढाएको छ। आगामी कार्यसमिति चयनका लागि नयाँराम बि.क.को संयोजकत्वमा एकेन्द्र प्रसाद जैसी र रंगप्रसाद तिमिल्सेना सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।
निर्वाचन समितिले आगामी कार्यसमिति चयनसम्बन्धी प्रक्रिया अघि बढाउने जनाइएको छ।















प्रतिक्रिया दिनुहोस्