बुधबार, १२ कार्तिक २०८३, ०६:५१
बुधबार, १२ कार्तिक २०८३, ०६:५१

मोहन्याल अस्पताल र चिसापानी–कुइने सडक निर्माण अघि बढाउने सहमति

कैलालीको मोहन्याल गाउँपालिका–सोल्टामा निर्माणाधीन १० शैयाको अस्पताल र चिसापानी–कुइने सडक निर्माणमा देखिएको अन्योलता हटाउँदै दुवै आयोजनाको काम अघि बढाउने सहमति भएको छ।
|
३ मिनेट पढ्ने समय
0
mohanyal hospital

मोहन्याल, कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–सोल्टामा निर्माणाधीन १० शैयाको अस्पताल र चिसापानी–कुइने सडक निर्माणमा देखिएको अन्योलता हटाउँदै दुवै आयोजनाको काम अघि बढाउने सहमति भएको छ।

यो पनि पढ्नुहोस्

बर्दगोरिया गाउँपालिकामा बालविवाहविरुद्ध सक्रिय किशोरी सम्मानित, विपन्न छात्राहरूलाई शैक्षिक सहयोग
२०८३ असार २ गते, मंगलवार
लम्की चुहाको १७ औँ नगरसभामा आ.व. २०८३/०८४ को नीति तथा कार्यक्रम पेश
२०८३ जेष्ठ २४ गते, आईतवार
जानकी गाउँपालिकाको १८ औँ गाउँसभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पेश
२०८३ जेष्ठ २१ गते, बिहीबार

प्रतिनिधिसभा सदस्य प्रेमबहादुर बयकको चासो तथा मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय ‘हिमशिखर’ को सक्रियतामा अस्पताल निर्माण व्यवसायी प्रतिनिधि उमेशजंग शाहीसहित सरोकारवालाको छलफल पछि निर्माण कार्यलाई निरन्तरता दिने सहमति जुटेको हो।

अस्पताल निर्माणस्थलमै दुवै पक्षका प्राविधिकको उपस्थितिमा हालसम्म सम्पन्न कामको प्रगति मूल्याङ्कन तथा नापजाँच गरिएको थियो। कार्यसम्पादन मूल्याङ्कनका क्रममा निर्माण व्यवसायीले भुक्तानी पाउन बाँकी रहेको देखिए गाउँपालिकाले आवश्यक प्रक्रिया पूरा गरी भुक्तानी गर्ने र भुक्तानी भइसकेको अवस्थामा बाँकी निर्माण कार्य तत्काल अघि बढाउने सहमति भएको जनाइएको छ।

यसैबीच, कैलालीको मोहन्याललाई सुर्खेतको चौकुने र पञ्चपुरी क्षेत्रसँग जोड्ने चिसापानी–कुइने सडक निर्माणमा भएको ढिलाइबारे पनि छलफल गरिएको छ। निर्वाचन क्षेत्र रणनीतिक सडक योजनाअन्तर्गत तत्कालीन प्रतिनिधिसभा सदस्य झपट रावलको कार्यकालमा सुरु भएको उक्त सडकको निर्माण कार्यलाई गति दिन निर्माण व्यवसायीले प्रतिबद्धता जनाएको बताइएको छ।

सहमति अनुसार तिहारअघि सडक मर्मत गर्ने र तिहारपछि बाँकी निर्माण कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिनिधिसभा सदस्य प्रेमबहादुर बयकले अस्पताल र सडक स्थानीय नागरिकको स्वास्थ्य सेवा तथा आवागमनसँग प्रत्यक्ष जोडिएका महत्वपूर्ण पूर्वाधार भएकाले निर्माण कार्यमा ढिलाइ हुन नदिन आग्रह गरेका छन्। निर्माणका क्रममा कुनै समस्या आए आवश्यक सहजीकरण र सहयोग गर्न आफू तयार रहेको उल्लेख गर्दै उनले दुवै आयोजना समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
समीर जैसी
लेखकको बारेमा

समीर जैसी

(पालिका दर्पणका प्रेस प्रतिनिधिको रूपमा स्थानीय मुद्दा, जनताको आवाज र गतिविधिहरूलाई तिखो, निर्भीक र प्रभावकारी ढंगले उजागर गर्दै सूचना प्रवाहमा सशक्त भूमिका निर्वाहमा क्रियासिल रहनु भएका)

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ