बिहीबार, १९ कार्तिक २०८३, ७:५१
बिहीबार, १९ कार्तिक २०८३, ७:५१

३२औँ वर्षमा प्रवेश गर्दै किसान सहकारी, चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

|
४ मिनेट पढ्ने समय
0
kisan cop 002

लम्की, कैलाली। तीन दशकभन्दा लामो सहकारी यात्रालाई निरन्तरता दिँदै किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ३२औँ वर्षमा प्रवेश गरेको छ। संस्थाको ३२औँ वार्षिकोत्सवको अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

यो पनि पढ्नुहोस्

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता
२०८३ कार्तिक १६ गते, सोमबार
अम्मरपुर कप फुटबल प्रतियोगिता सुरू : १६ टोली उपाधि भिडन्तमा, विजेतालाई १ लाख ५० हजार पुरुस्कार
२०८३ कार्तिक १५ गते, आईतवार
सरकारी विज्ञापन सम्बन्धी निर्णय बदर गर्ने आदेश तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयलाई पत्राचार
२०८३ कार्तिक ११ गते, बुधबार

संस्थाको केन्द्रीय कार्यालय लम्कीचुहा नगरपालिका–१, लम्कीस्थित सभाहलमा आयोजित कार्यक्रम अध्यक्ष सुरेन्द्र कुमार शाहको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा संस्थाका संस्थापक मंगल बहादुर शाह प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा संस्थाका पूर्व सञ्चालकहरू इन्द्र कुमार शाह र उदय खनाल, लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष दीपक कुमार तिमिल्सिना, पञ्चकोशी युवा क्लबका अध्यक्ष देवीराम जैशीलगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले किसान सहकारीको स्थापनादेखिको यात्रा, वर्तमान अवस्था, उपलब्धि तथा भावी योजनाबारे प्रकाश पार्नुभयो। उहाँले संस्थाको प्रगति र निरन्तरतामा सदस्य, सञ्चालक, कर्मचारी तथा सरोकारवालाको योगदान महत्वपूर्ण रहेको बताउनुभयो।

यसै अवसरमा आर्थिक वर्ष २०८२ मा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा तथा कर्मचारीहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। संस्थाले उत्कृष्ट कार्यसम्पादनलाई प्रोत्साहन गर्दै कर्मचारीको मेहनत र योगदानको कदर गरेको हो।

संस्थाका उपाध्यक्ष टिकेन्द्र थापाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा स्थानीय सञ्चारकर्मी, सरोकारवाला तथा विभिन्न क्षेत्रका व्यक्तिहरूबीच चियापान, शुभकामना आदानप्रदान र अन्तरक्रियासमेत गरिएको थियो। कार्यक्रमको सञ्चालन दीपक ढुंगानाले गर्नुभएको थियो।

३१ वर्षको संस्थागत अनुभवलाई आधार बनाउँदै आगामी दिनमा अझ प्रभावकारी सेवा, संस्थागत सुदृढीकरण र सहकारीको दिगो विकासलाई अगाडि बढाउने अपेक्षा सहित कार्यक्रम सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
समीर जैसी
लेखकको बारेमा

समीर जैसी

(पालिका दर्पणका प्रेस प्रतिनिधिको रूपमा स्थानीय मुद्दा, जनताको आवाज र गतिविधिहरूलाई तिखो, निर्भीक र प्रभावकारी ढंगले उजागर गर्दै सूचना प्रवाहमा सशक्त भूमिका निर्वाहमा क्रियासिल रहनु भएका)

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ