शनिबार, १६ जेष्ठ २०८३, ०३:३१
शनिबार, १६ जेष्ठ २०८३, ०३:३१

जानकी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

|
३ मिनेट पढ्ने समय
0
Screenshot 2026 05 22 172839

जानकी गाउँपालिका, कैलालीले आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । जानकी गाउँपालिका–८ नं. वडा कार्यालयको प्राङ्गणमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण, योजना तथा कार्यक्रमहरूको कार्यान्वयन अवस्थाबारे नागरिकलाई जानकारी गराउनुका साथै जनताका गुनासा, सुझाव, प्रश्न तथा जिज्ञासाहरूको प्रत्यक्ष जवाफ दिने कार्य गरिएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय नागरिकहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, सामाजिक सुरक्षा, रोजगार, पूर्वाधार विकास तथा सेवा प्रवाहसँग सम्बन्धित विभिन्न विषयमा जिज्ञासा राख्दै सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रममा उठाइएका प्रश्न तथा गुनासाहरूमा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा सम्बन्धित शाखा प्रमुखहरूले जवाफ दिएका थिए ।

यो पनि पढ्नुहोस्

छथरमा जनप्रतिनिधि र कर्मचारीका बालबालिका सामुदायिक विद्यालयमा पढाउनुपर्ने
२०८३ बैशाख २४ गते, बिहीबार
टीकापुरमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलो मै स्वास्थ्य सेवा
२०८२ चैत्र २१ गते, शनिबार

कार्यक्रम गाउँपालिका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लालमति कठरिया, प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्ट, विभिन्न शाखाका प्रमुखहरू, राजनीतिक दलका पदाधिकारी तथा प्रतिनिधिहरू, बडघर, भल्मन्सा, समाजसेवी, व्यापारी, किसान तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण सामुदायिक रेडियो टीकापुर एफएमले गरेको थियो । कार्यक्रममा सहभागीहरूले सार्वजनिक सुनुवाईले स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई अझ प्रभावकारी, पारदर्शी र विश्वासिलो बनाउने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमको अन्त्यमा गाउँपालिका अध्यक्ष चौधरीले जनताबाट प्राप्त सुझाव, सल्लाह तथा गुनासाहरूलाई आगामी नीति, योजना तथा कार्यक्रम कार्यान्वयनमा समेटेर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्दै सहभागी सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
समीर जैसी
लेखकको बारेमा

समीर जैसी

(पालिका दर्पणका प्रेस प्रतिनिधिको रूपमा स्थानीय मुद्दा, जनताको आवाज र गतिविधिहरूलाई तिखो, निर्भीक र प्रभावकारी ढंगले उजागर गर्दै सूचना प्रवाहमा सशक्त भूमिका निर्वाहमा क्रियासिल रहनु भएका)

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ