दुर्गौली, कैलाली । कैलालीको जानकी गाउँपालिका मा बालविवाहविरुद्धको अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने ९ जना किशोरी समूहका सदस्यलाई सम्मान गरिएको छ। गाउँपालिका अध्यक्ष गणेश चौधरी ले समाजमा सकारात्मक परिवर्तन ल्याउन किशोरीहरूले खेलेको योगदानको प्रशंसा गर्दै उनीहरूलाई सम्मान गर्नुभएको हो।
यो पनि पढ्नुहोस्

त्यसैगरी, आर्थिक रूपमा विपन्न १० जना किशोरीलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले विद्यालय पोषाक, जुत्ता तथा स्टेशनरी सामग्री वितरण गरिएको छ।
दलित महिला अधिकार मञ्च कैलाली को आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता सावित्रा घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा महिला अधिकारकर्मी बिमला कढायत, जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडी तथा महिला विकास शाखा प्रमुख यमुना बिष्ट लगायतको उपस्थिति रहेको थियो।

यस कार्यक्रमले बालविवाहविरुद्धको अभियानलाई सशक्त बनाउनुका साथै किशोरीहरूको शिक्षा र सशक्तीकरणमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्