सोमबार, १ असार २०८३, ०२:२३
सोमबार, १ असार २०८३, ०२:२३

जानकी गाउँपालिकाको १८ औँ गाउँसभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पेश

१५ शैय्याको अस्पताल स्थापना, पोषणमैत्री स्थानीय तह घोषणा, कृषि एम्बुलेन्स सञ्चालन, बाली बीमा कार्यक्रम र थारू संस्कृति तथा पर्यटन प्रवर्द्धन मुख्य प्राथमिकता
|
२ मिनेट पढ्ने समय
0
janaki 2026 06 04 at 14.54.35

दुर्गौली जानकी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको १८औँ गाउँसभामा अध्यक्ष गणेश चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि तथा वातावरणमैत्री पूर्वाधारलाई विकासको मुख्य आधारका रूपमा अघि सारिएको छ।

नीति तथा कार्यक्रममा शिक्षाको गुणस्तर सुधार, स्मार्ट कक्षा सञ्चालन, स्वास्थ्य सेवाको पहुँच विस्तार, १५ शैय्याको अस्पताल स्थापनाका लागि पहल, पोषणमैत्री स्थानीय तह घोषणा, कृषि एम्बुलेन्स सञ्चालन, बाली बीमा कार्यक्रम तथा कृषक प्रोत्साहनका योजना समेटिएका छन्। यस्तै, पर्यटन प्रवर्द्धन, थारू संस्कृति संरक्षण, पूर्वाधार विकास, भूमिहीनलाई लालपूर्जा वितरण तथा डिजिटल सेवा विस्तारलाई समेत प्राथमिकतामा राखिएको छ।

यो पनि पढ्नुहोस्

लम्की चुहाको १७ औँ नगरसभामा आ.व. २०८३/०८४ को नीति तथा कार्यक्रम पेश
२०८३ जेष्ठ २४ गते, आईतवार
लम्कीचुहा प्रादेशिक अस्पताल विवाद : के–के हुन् मुख्य घटनाक्रम ?
२०८३ जेष्ठ १३ गते, बुधबार
लम्कीचुहा प्रादेशिक अस्पताल विवाद : कसरी सुरु भयो अस्पताल स्तरोन्नतिको प्रक्रिया?
२०८३ जेष्ठ १० गते, आईतवार

janaki 2026 06 04 at 14.54.36

गाउँपालिकाले सुशासन, पारदर्शिता र नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने जनाएको छ। अध्यक्ष चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले समृद्ध, समावेशी र दिगो विकासमार्फत जानकी गाउँपालिकाको समग्र रूपान्तरण गर्ने लक्ष्य लिएको उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
समीर जैसी
लेखकको बारेमा

समीर जैसी

(पालिका दर्पणका प्रेस प्रतिनिधिको रूपमा स्थानीय मुद्दा, जनताको आवाज र गतिविधिहरूलाई तिखो, निर्भीक र प्रभावकारी ढंगले उजागर गर्दै सूचना प्रवाहमा सशक्त भूमिका निर्वाहमा क्रियासिल रहनु भएका)

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ