बुधबार, ३ असार २०८३, ०१:३६
बुधबार, ३ असार २०८३, ०१:३६

लम्की चुहाको १७ औँ नगरसभामा आ.व. २०८३/०८४ को नीति तथा कार्यक्रम पेश

लम्कीचुहा नगरपालिकाको १७ औँ नगरसभामा नगर प्रमुख सुशीला शाहीले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत
|
६ मिनेट पढ्ने समय
0
snap 1

लम्कीचुहा नगरपालिकाको १७ औँ नगरसभामा नगर प्रमुख सुशीला शाहीले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन्। ‘समृद्ध नगर, सुखी नगरबासी’ भन्ने दीर्घकालीन सोचलाई आधार बनाउँदै प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, पशुपालन, स्वास्थ्य, शिक्षा, रोजगार, पूर्वाधार विकास, खानेपानी, पर्यटन, वातावरण संरक्षण तथा सुशासनलाई उच्च प्राथमिकतामा राखिएको छ।

यो पनि पढ्नुहोस्

बर्दगोरिया गाउँपालिकामा बालविवाहविरुद्ध सक्रिय किशोरी सम्मानित, विपन्न छात्राहरूलाई शैक्षिक सहयोग
२०८३ असार २ गते, मंगलवार
जानकी गाउँपालिकाको १८ औँ गाउँसभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पेश
२०८३ जेष्ठ २१ गते, बिहीबार
लम्कीचुहा प्रादेशिक अस्पताल विवाद : के–के हुन् मुख्य घटनाक्रम ?
२०८३ जेष्ठ १३ गते, बुधबार
snap 2

नगर प्रमुख शाहीले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म, संविधानले परिकल्पना गरेको स्थानीय स्वशासन तथा नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तयार गरिएको बताइन्। नगरपालिकाले स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै आत्मनिर्भर र समावेशी विकासलाई अघि बढाउने लक्ष्य लिएको छ।

snap 3

कृषि तथा पशुपालन क्षेत्रतर्फ नगरपालिकाले किसान परिचयपत्र वितरण, उत्पादनमा आधारित अनुदान, उन्नत बीउबिजनको प्रयोग, कृषि एम्बुलेन्स सञ्चालन, कृषि उपजको बजारीकरण तथा किसानलाई आधुनिक प्रविधिसँग जोड्ने कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ। पशुपन्छीको रोग नियन्त्रण, पशु स्वास्थ्य सेवा विस्तार तथा पशुपालक किसानलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई समेत निरन्तरता दिइने भएको छ।

snap 4

स्वास्थ्य क्षेत्रतर्फ आधारभूत स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति, विशेषज्ञ सेवा विस्तार, गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य संरक्षण, पोषण कार्यक्रम, निःशुल्क स्वास्थ्य सेवा तथा आवश्यक औषधि र उपकरणको व्यवस्थापनलाई प्राथमिकता दिइएको छ। नगरभित्र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै गुणस्तरीय सेवा प्रवाहमा जोड दिइने जनाइएको छ।

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, सूचना प्रविधिमैत्री शिक्षण प्रणाली, विद्यालय पूर्वाधार निर्माण, छात्रवृत्ति कार्यक्रम तथा खेलकुद गतिविधिलाई प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। विद्यालयमा सिकाइ उपलब्धि वृद्धि तथा शिक्षकको क्षमता विकासका कार्यक्रमलाई समेत निरन्तरता दिइने भएको छ।

युवा तथा रोजगार क्षेत्रअन्तर्गत स्वरोजगार प्रवर्द्धन, सीपमूलक तालिम, उद्यमशीलता विकास तथा बेरोजगार युवालाई उत्पादनशील क्षेत्रमा संलग्न गराउने कार्यक्रम सञ्चालन गरिनेछ। महिला, दलित, आदिवासी जनजाति, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सशक्तीकरणका लागि लक्षित कार्यक्रमलाई समेत प्राथमिकता दिइएको छ।

पूर्वाधार विकासतर्फ सडक, पुल, सिँचाइ, खानेपानी, विद्युत् तथा शहरी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ। नगर क्षेत्रको सडक सञ्जाल विस्तार, सुरक्षित खानेपानीको पहुँच वृद्धि तथा दीर्घकालीन पूर्वाधार विकासका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने जनाइएको छ।

पर्यटन, संस्कृति तथा वातावरण संरक्षणतर्फ धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास, सांस्कृतिक सम्पदाको संरक्षण, वृक्षारोपण, फोहोरमैला व्यवस्थापन तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने भएका छन्। नगरलाई हरित, स्वच्छ र वातावरणमैत्री बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि सारिएको छ।

सुशासन तथा सेवा प्रवाह सुधारका लागि डिजिटल प्रणालीको विस्तार, सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाउने, नागरिक सहभागिता अभिवृद्धि गर्ने तथा उत्तरदायी स्थानीय सरकारको अवधारणालाई थप सुदृढ बनाउने नीति लिइएको नगर प्रमुख शाहीले बताइन्।

नगर प्रमुख शाहीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट नगरवासीको जीवनस्तरमा गुणात्मक सुधार आउने विश्वास व्यक्त गर्दै समृद्ध, आत्मनिर्भर र दिगो विकासयुक्त लम्कीचुहा निर्माणमा सबै पक्षको सहयोग आवश्यक रहेको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
समीर जैसी
लेखकको बारेमा

समीर जैसी

(पालिका दर्पणका प्रेस प्रतिनिधिको रूपमा स्थानीय मुद्दा, जनताको आवाज र गतिविधिहरूलाई तिखो, निर्भीक र प्रभावकारी ढंगले उजागर गर्दै सूचना प्रवाहमा सशक्त भूमिका निर्वाहमा क्रियासिल रहनु भएका)

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ