सोमबार, १ असार २०८३, ०१:४४
सोमबार, १ असार २०८३, ०१:४४

काठमाडौँमा एकै महिनामा २६१ साइबर अपराधका उजुरी दर्ता, अनलाइन शपिङको नाममा सबैभन्दा बढी ठगी

|
३ मिनेट पढ्ने समय
0
cyber crime how to be safe techpana K1qGgZQ3Zr

काठमाडौँ । काठमाडौँमा पछिल्लो समय साइबर अपराध र अनलाइन ठगीका घटना मुख्य सुरक्षा चुनौतीका रूपमा उब्जिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चैत महिनामा मात्रै साइबर अपराध र ठगीसँग सम्बन्धित २६१ ओटा उजुरी दर्ता भएका छन् । जसमध्ये अनलाइन शपिङका नाममा हुने ठगीको हिस्सा सबैभन्दा ठुलो छ ।

प्राप्त निवेदनहरूमध्ये १०० ओटा उजुरी अनलाइन शपिङसँग सम्बन्धित रहेका छन् भने ओटीपी फ्रड र अकाउन्ट ह्याकिङका ४०, पार्सल गिफ्टको प्रलोभनका ३० र वैदेशिक रोजगारीका नाममा १५ ओटा उजुरी परेका छन् ।

यो पनि पढ्नुहोस्

सरकारी अनलाइन बोलपत्र सिस्टम ह्याक गरेको आरोपमा थप दुई ठेकेदार कम्पनीका सञ्चालक पक्राउ
२०८३ बैशाख १४ गते, सोमबार
अमिशामाथि साइबर हिंसा गर्ने एकजना राैतहटबाट पक्राउ, अरू संलग्नमाथि प्रहरीकाे निगरानी
२०८२ चैत्र २१ गते, शनिबार

यसका साथै टेलिग्राम टास्किङ, अनलाइन जब र रूम फाइन्डर फ्रडजस्ता नयाँ शैलीका ठगीहरूले पनि सर्वसाधारणलाई सास्ती दिइरहेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

यस्ता अपराध न्यूनीकरण र जनचेतना फैलाउने उद्देश्यले प्रहरीले चैत महिनामा समुदाय र विद्यालय केन्द्रित कार्यक्रमहरू सञ्चालन गरेको छ । ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत कुल २६९ वटा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएकोमा त्यसबाट १३ हजार १२५ जना नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएको प्रहरीले जनाएको छ ।

प्रहरीले लैङ्गिक हिंसा, साइबर सुरक्षा, लागूऔषध विरुद्धको सचेतना र चोरी नियन्त्रणका विषयमा २३७ वटा समुदाय केन्द्रित कार्यक्रमहरू सम्पन्न गरेको छ । त्यसैगरी, काठमाडौँका विभिन्न विद्यालयहरूमा लागूऔषध, साइबर सुरक्षा र ट्राफिक सचेतनासम्बन्धी १७ वटा विशेष प्रशिक्षण कार्यक्रममार्फत १ हजार ४४३ जना विद्यार्थीहरूलाई कानुनी र सुरक्षात्मक विषयमा सचेत गराइएको परिसरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ