शुक्रबार, २५ बैशाख २०८३, ०७:५९
शुक्रबार, २५ बैशाख २०८३, ०७:५९

बुधबार नेप्से स्थिर, कारोबार रकम ३ अर्ब १९ करोडमा सीमित

|
३ मिनेट पढ्ने समय
0
share market

बुधबार नेप्से परिसूचक स्थिर छ।

बुधबार २७१२ विन्दुमा बन्द भएको नेप्से यसदिन २७११ विन्दुमा बन्द भएको हो।

यो पनि पढ्नुहोस्

सेयर बजारमा १०४ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो
२०८३ बैशाख २४ गते, बिहीबार
कस्तो देखियो रिलायन्स र सर्वोत्तमको वित्तीय अवस्था?
२०८३ बैशाख २४ गते, बिहीबार
सेयर बजारमा सबभन्दा पहिले बढ्छ जलविद्युत क्षेत्र, किन?
२०८३ बैशाख २४ गते, बिहीबार

कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ।

मंगलबार ३ अर्ब ४३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब १९ करोड रूपैयाँको कारोबार भएको छ।

यसदिन ३३६ वटा धितोपत्रको ७१ लाख ३१ हजार ५५७ कित्ता सेयर किनबेच भएको हो। 

बुधबार १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ वटाको घटेको छ। यस्तै, १५ कम्पनी स्थिर छन्।

यसदिन, फरवार्ड माइक्रोफाइनान्सको मूल्य सर्वाधिक १३.७४ प्रतिशतले बढेको छ। 

उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३०० रूपैयाँ पुगेको छ।

यस्तै, अपर लोहोरे खोला हाइड्रोपावरको मूल्य ५.९५ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५७० रूपैयाँ कायम भएको छ।

सर्वाधिक मूल्य घट्नेमा भगवती हाइड्रोपावर रहेको छ।

उक्त कम्पनीको मूल्य ८.९० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६२८ रूपैयाँ ६० पैसामा झरेको छ

यसैगरी, नारायणी डेभलपमेन्ट बैंकको मूल्य ७.२७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार २० रूपैयाँमा सीमित भएको छ।

बुधबार सोलु हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको ७११ रूपैयाँमा २२ करोड ११ लाख रूपैयाँको कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १.०४ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ। उक्त कम्पनीको तीन हजार ६८९ रूपैयाँमा १६ करोड ७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक बढेको छ बाँकी पाँच समूहको परिसूचक घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ