शुक्रबार, २५ बैशाख २०८३, ०७:५९
शुक्रबार, २५ बैशाख २०८३, ०७:५९

कस्तो देखियो रिलायन्स र सर्वोत्तमको वित्तीय अवस्था?

|
७ मिनेट पढ्ने समय
0
share stock 1762363547

हालै दुई उत्पादनमूलक कम्पनीले चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्।

यी कम्पनीको वित्तीय अवस्था कस्तो देखियो र यसले सेयर मूल्यमा कस्तो प्रभाव पर्‍यो?

यो पनि पढ्नुहोस्

सेयर बजारमा १०४ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो
२०८३ बैशाख २४ गते, बिहीबार
बुधबार नेप्से स्थिर, कारोबार रकम ३ अर्ब १९ करोडमा सीमित
२०८३ बैशाख २४ गते, बिहीबार
सेयर बजारमा सबभन्दा पहिले बढ्छ जलविद्युत क्षेत्र, किन?
२०८३ बैशाख २४ गते, बिहीबार

आज हामीले त्यही हेरेका छौं।

यी दुई कम्पनी हुन् रिलायन्स स्पिनिङ मिल्स र सर्वोत्तम सिमेन्ट।

रिलायन्सले चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमासमा २६ करोड ६८ लाख रूपैयाँ नाफा कमाएको छ। यो अघिल्लो पटकको भन्दा १७.७० प्रतिशत कम हो। यसअघि रिलायन्सले ३२ करोड ४२ लाख रूपैयाँ नाफा कमाएको थियो। 

धागो उत्पादक यो कम्पनीको मुख्य आय स्रोत भनेकै उत्पादन बिक्रीबाट हुने आम्दानी हो। यस्तो आम्दानी ०.९ प्रतिशत बढेर सात अर्ब ४६ करोड रूपैयाँ पुगेको छ। यसअघि यस्तो आम्दानी सात अर्ब ३९ करोड रूपैयाँ थियो।

यसको उत्पादन र बिक्री लागत केही बढेकाले पनि नाफा केही घटेको हो। ६ अर्ब ३६ करोड रूपैयाँबाट यस्तो लागत रकम २.३५ प्रतिशत बढेर ६ अर्ब ५१ करोड रूपैयाँ पुगेको छ।

अन्य आम्दानी केही घटेको, प्रशासनिक, बिक्री वितरण खर्च लगायत बढेको छ।

प्रतिकित्ता ८२० रूपैयाँको दरमा आइपिओ जारी गरेकाले यसको सञ्चितिमा प्रतिकित्ता ७२० रूपैयाँको दरमा रकम जम्मा भएको छ। यही कारण एक अर्ब ९० करोड रूपैयाँ चुक्ता पुँजी भएको यसको सञ्चितिमा सात अर्ब ५५ करोड रूपैयाँ छ।

यस्तो रकमबाट पनि कम्पनीहरूले कर तिरेर लाभांश वितरण गर्न पाउँछन्। यसले बजारबाट बिक्री गरिएको सामान बापत एक अर्ब ३५ करोड रूपैयाँ उठाउन बाँकी छ। बजारमा तिर्न २६ करोड रूपैयाँ बाँकी छ।

दुई अर्ब सात करोड रूपैयाँ बराबरको कच्चा पद्धार्थ (इन्भेन्ट्री) गोदाममा छ। एक अर्ब ९५ करोड रूपैयाँ बराबरको कर्जा तथा सापटी लिएको छ।

डेडिकेटेड र ट्रंक लाइन विवादमा रिलायन्स र विद्युत प्राधिकरण अहिले पनि कानुनी प्रक्रियामै छन्।

रिलायन्सको गत फागुन १ गतेबाट सेयर कारोबारमा आएको हो। यसको पहिलो कारोबार प्रतिकित्ता तीन सय रूपैयाँमा भएको थियो। केही समयपछि यसको आइपिओको मूल्य प्रतिकित्ता ८२० रूपैयाँ तय भएको थियो।

कारोबारमा आएको केही समयपछि यसको मूल्य ५००० रूपैयाँसम्म पुगेको थियो। बुधबार भने अघिल्लो कारोबारको मूल्यमा ६१ रूपैयाँ घटेर ३८६९ रूपैयाँ भयो।

प्रतिकित्ता ८२० रूपैयाँको दरमा आइपिओ किनेका कतिपयलाई पहिले उच्च नोक्सान देखिएकामा सेयर राखेकाहरूलाई अहिले गुणात्मक लाभ भएको छ।

बुधबार यसको मूल्यले दोजी आकृतिको मैनबत्ती चित्र बनाएको छ। यसले मूल्यलाई लिएर लगानीकर्ताहरूमा अन्योल नै रहेको संकेत गर्छ। 

त्यस्तै सर्वोत्तम सिमेन्टको नाफा आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमासमा १५ गुणा बढेर ९० करोड रूपैयाँ पुगेको छ। यसअघि सर्वोत्तमको नाफा ६ करोड रूपैयाँ थियो। 

सिमेन्ट र क्लिंकर उत्पादक यस कम्पनीको पनि मुख्य आय स्रोत उत्पादन बिक्रीबाट हुने आम्दानी हो। यस्तो आम्दानी २.७९ प्रतिशत बढेर सात अर्ब रूपैयाँ पुगेको छ। यसअघि यस्तो आम्दानी ६ अर्ब ८१ करोड रूपैयाँ थियो।

अहिले यसको उत्पादन र बिक्री लागत थप केही घटेको छ। यसले पनि नाफा बढाउन थप सहयोग पुगेको छ। ५ अर्ब ५० करोड रूपैयाँबाट यस्तो लागत रकम चार प्रतिशत घटेर ५ अर्ब २४ करोड रूपैयाँमा भएको छ।

अन्य आम्दानी पनि केही बढेको छ। प्रशासनिक खर्च घटेको छ। बिक्री वितरणको खर्च केही बढेको छ।

सर्वोत्तमको आइपिओ प्रतिकित्ता ३६० रूपैयाँ दरमा जारी भएको थियो। यसले विगत तीन वर्षमा वार्षिक औसत १५ प्रतिशतको दरमा लाभांश दिएको छ।

हाल यसको सञ्चितिमा चार अर्ब ६७ करोड रूपैयाँ छ। यसले बजारबाट बिक्री गरिएको सामान बापत एक अर्ब ७२ करोड उठाउन बाँकी छ। बजारमा ६१ करोड रूपैयाँ तिर्न बाँकी छ। 

दुई अर्ब नौ करोड रूपैयाँ बराबरको कच्चा पद्धार्थ (इन्भेन्ट्री) गोदाममा छ। चार अर्ब ४२ करोड रूपैयाँ बराबरको अल्पकालीन कर्जा लिएको छ। 

सर्वोत्तम सिमेन्टको २०८० चैतबाट सेयर कारोबारमा आएको हो। यसको पहिलो कारोबार प्रतिकित्ता ५५६ रूपैयाँको दरमा भएको थियो। बुधबार यसको मूल्य ९.९० रुपैयाँ बढेर ८२९.९० रूपैयाँ पुगेको हो।

यसको मैनबत्ती चित्रले मूल्य घट्न रोकिएर बढ्न सक्ने संकेत गरेको छ। पछिल्लो तीन दिनमध्ये पहिलो दिन सोमबार रातो लामो मैनबत्ती, दोस्रो दिन दुवैतर्फ लामो धागो भएको सानो शरीरसहितको दोजी आकृति बनेको छ।

र, बुधबार लामो शरीर भएको हरियो मैनबत्ती आकृति बनाएको छ। यसले मूल्य बढ्न सक्ने संकेत गरिरहेको छ। तर अन्तिम दिन मूल्यले सोमबारको उच्च विन्दुलाई पार गरिनसकेकोले बिहीबारको मूल्य हेरेर निर्णय लिनु सही हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ