शनिबार, १६ जेष्ठ २०८३, ०२:४४
शनिबार, १६ जेष्ठ २०८३, ०२:४४

वडा सचिवलाई धम्काउने रा.स्व.पा. कार्यकर्ता खड्का पक्राउ

|
३ मिनेट पढ्ने समय
0
rsp prakash khadka

काठमाडौं । दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोन मार्फत धम्की दिने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ बस्ने २२ वर्षीय प्रकाश खड्कालाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको हो ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने खड्कामाथि कारबाही गर्न निर्देशन
२०८३ जेष्ठ २ गते, शनिबार
सांसदहरूको बायोमेट्रिक विवरण लिइँदै
२०८३ बैशाख २४ गते, बिहीबार
पर्यटक लिएर नेपाल भित्रने सवारी साधनले अनलाइनबाटै विवरण भर्न र राजश्व तिर्न सक्ने
२०८३ बैशाख २४ गते, बिहीबार

प्रहरीका अनुसार खड्कामाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय तथा त्रास सिर्जना गर्ने र अमर्यादित भाषा प्रयोग गरेको आरोप लागेको छ ।

वडा सचिव भण्डारीलाई ‘प्रधानमन्त्री कार्यालयबाट बोलेको’ भन्दै धम्की दिएको फोन संवादको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना चर्चामा आएको थियो । अडियो सार्वजनिक भएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित निकायलाई कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो ।

प्रधानमन्त्री कार्यालयले सरकारी निकायको नाम दुरुपयोग गर्दै कर्मचारीमाथि दबाब सिर्जना गर्ने गतिविधि अस्वीकार्य भएको स्पष्ट पारेको थियो ।

खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) कार्यकर्ता समेत हुन्। उनले सुर्खेतबाट पार्टी सदस्यता लिएका छन्। उनलाई कारबाही गर्नका लागि रा.स्व.पा. दैलेखले सिफारिससमेत गरेको छ।

rsp letter

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ