मंगलवार, १ बैशाख २०८३, ०३:२६
मंगलवार, १ बैशाख २०८३, ०३:२६

तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो सुन

|
२ मिनेट पढ्ने समय
0 २४
gold silver 600X300

काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ४ हजार ३ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

समग्रमा विगत एक सातामा सुनको भाउ जम्मा ७ सय रुपैयाँ बढेको छ । गत बिहीबार २ लाख ९४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५० रुपैयाँ घटेको हो । हिजो प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८७५ रुपैयाँमा झरेको छ । गत बिहीबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ट्रेन्डिङ