शनिबार, २६ बैशाख २०८३, ०२:४४
शनिबार, २६ बैशाख २०८३, ०२:४४

सरकारी अनलाइन बोलपत्र सिस्टम ह्याक गरेको आरोपमा थप दुई ठेकेदार कम्पनीका सञ्चालक पक्राउ

|
४ मिनेट पढ्ने समय
0
hacker and keyboard typing by normal user techpana news gEFCUb6mfO

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को ई-जीपी (e-Government Procurement) प्रणाली ह्याक गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । अनधिकृत रूपमा सिस्टममा पहुँच पुर्‍याई ठेक्काका विवरणहरू हेरफेर गरेको आरोप उनीहरूमाथि लागेको छ ।

विभिन्न ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै डकुमेन्टहरू परिवर्तन गर्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार पक्राउ पर्नेहरूमा स्वदेश पोखरेल र प्रकाश ढुङ्गाना रहेका छन् ।

यो पनि पढ्नुहोस्

काठमाडौँमा एकै महिनामा २६१ साइबर अपराधका उजुरी दर्ता, अनलाइन शपिङको नाममा सबैभन्दा बढी ठगी
२०८३ बैशाख ९ गते, बुधबार
अमिशामाथि साइबर हिंसा गर्ने एकजना राैतहटबाट पक्राउ, अरू संलग्नमाथि प्रहरीकाे निगरानी
२०८२ चैत्र २१ गते, शनिबार

३० वर्षीय पोखरेल ईन्कोन प्रालिका शेयरधनी तथा लेखापाल हुन् । लहान नगरपालिका-९, सिरहा स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-३, बालकोट हाइटमा बस्ने उनलाई १२ वैशाख २०८३ का दिन काठमाडौँको पेप्सिकोलाबाट पक्राउ गरिएको हो ।

त्यसैगरी ४१ वर्षीय ढुङ्गाना कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक हुन् । नुवाकोटको ककनी गाउँपालिका-३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका-१६, बालाजुमा बस्ने उनलाई १३ वैशाख २०८३ का दिन सोही स्थान (बालाजु) बाट पक्राउ गरिएको हो ।

साइबर ब्युरो भोटाहिटीमा विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको यो प्रकरणमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ब्युरोबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । हाल उनीहरूमाथि सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा समेत थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

सरकारी बोलपत्र प्रणालीको गोपनीयता भङ्ग गरी आर्थिक प्रस्तावका डकुमेन्टहरूमा अनधिकृत हेरफेर गरेको उजुरी निवेदनका आधारमा यो कारबाही अघि बढाइएको हो । ब्युरोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं पूर्व सहरी विकासमन्त्री विक्रम पाण्डेसँगै व्यवसायी टङ्ककुमार श्रेष्ठ पनि यसअघि यही आरोपमा पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ