काठमाडौँ । एआई एवं एडटेक कम्पनी ड्यानसन सोलुसन्स प्रालिले तीन दिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) वर्कशप आयोजना गर्ने भएको छ । विद्यार्थी, फ्रिल्यान्सर र आन्ट्रपेनरहरूलाई लक्षित गर्दै ‘एआई फर एभ्रिवन’ नामको कार्यशाला सञ्चालन गर्न लागिएको हो ।
आगामी २-४ मेसम्म सञ्चालन हुने वर्कशप दैनिक २ घण्टाका दरले कूल ६ घण्टाको हुनेछ । जसको समय साँझ ७ बजेदेखि राति ९ बजेसम्म सञ्चालन तय गरिएको छ ।
जहाँ सहभागीहरूले ११ वटा एआई टुलहरूको व्यावहारिक प्रयोग गर्ने तरिका सिक्न पाउनेछन् । वर्कशपमा च्याटजीपीटी, गुगल जेमनाई, क्लाउड र माइक्रोसफ्ट कोपाइलट जस्ता टुलहरूको प्रयोग गरेर कसरी कामलाई सजिलो बनाउने भनेर सिक्न पाइने आयोजकले जनाएको छ ।
एआईको प्रयोग गरी तस्बिर बनाउन ‘रिक्राफ्ट एआई’, प्रिजेन्टेसनका लागि ‘गाम्मा’, एआई भिडिओका लागि ‘हेईजेन’ र ‘फ्लो एआई’ जस्ता प्रविधिहरूको प्रत्यक्ष प्रयोग गर्ने अवसर समेत पाउन सकिने बताइएको छ ।
वर्कशपमा कोडिङको ज्ञान बिना एआईको माध्यमबाट आफ्नै वेबसाइट बनाउन समेत सिकाइने कम्पनीले जनाएको छ । वर्कशपको अन्तिम दिन सहभागीहरूले ‘लभेबल’ टुल प्रयोग गरेर आफ्नै वेबसाइट बनाउने र त्यसलाई लाइभ गर्न सिक्न पाउने छन् ।
अङ्ग्रेजी र नेपाली भाषा मिश्रित रहने यो वर्कशपमा सहभागीलाई ड्यानसन सोलुसन्सबाट प्रमाणपत्र समेत प्रदान गरिने छ । वर्कशपमा सहभागिता जनाउन इच्छुक व्यक्तिहरूले यहाँ क्लिक गरेर आफ्नो नाम दर्ता गर्न सक्नेछन् । वर्कशपमा सहभागिहरूका लागि एक सय रुपैयाँ शुल्क तोकिएको छ ।
स्मार्टफोन वा ल्यापटप र सामान्य इन्टरनेट कनेक्सन भएका जो कोहीले यसमा भाग लिन सक्नेछन् । वर्कशपमा सहभागीले बनाएको वेबसाइट, भिडिओ र प्रिजेन्टेसन आफ्नो पोर्टफोलियोको रूपमा लैजान पाउने कम्पनीले जनाएको छ ।
के हो ड्यानसन सोलुसन्स ?
ड्यानसन सोलुसन्स प्रालि अमेरिका, नेपाल, थाइल्याण्ड र यूएईमा सञ्चालित एक एआई र एडटेक कम्पनी हो । कम्पनीले ‘चिम्पभाइन’ र ‘ड्यानसन ट्रेनिङ’मार्फत विद्यालयदेखि व्यावसायिक क्षेत्रसम्म विभिन्न प्रविधिमूलक तालिमहरू प्रदान गर्दै आएको छ ।
नेपालमा एआई साक्षरता बढाउन र प्रविधिको माध्यमबाट व्यक्तिको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले न्यूनतम शुल्कमा उक्त वर्कशप सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ ।































प्रतिक्रिया दिनुहोस्