काठमाडौं । गुगलले आफ्ना नयाँ पिक्सेल १० सिरिजका उपकरणहरूका लागि मे २०२६ को सफ्टवेयर अपडेट जारी गर्दै एउटा नयाँ ‘एन्टी-रोलब्याक’ सुरक्षा नियम लागू गरेको छ। यस अपडेटको मुख्य उद्देश्य प्रयोगकर्ताहरूलाई पुरानो र सुरक्षाका दृष्टिले जोखिमयुक्त एन्ड्रोइड संस्करणहरूमा फर्कनबाट रोक्नु हो।
एन्टी-रोलब्याक नियम के हो?
यो पनि पढ्नुहोस्



पिक्सेल १० सिरिज (Pixel 10, 10 Pro, 10 Pro XL, र 10 Pro Fold) मा मे २०२६ को अपडेट इन्स्टल गरेपछि, फोनको ‘बुटलोडर’ संस्करण अपडेट हुनेछ। यसले फोनलाई पुरानो ‘एन्ड्रोइड १६’ का संस्करणहरूमा रोलब्याक गर्न पूर्ण रूपमा निषेध गर्छ। यो कदम पुरानो सफ्टवेयरमा रहेका सुरक्षा कमजोरीहरू प्रयोग गरेर हुनसक्ने साइबर हमलाहरू रोक्न चालिएको हो।
‘अनबुटबल’ हुने जोखिम
पिक्सेल फोनहरूमा ‘सिमलेस अपडेट’ का लागि दुईवटा स्लटहरू (Slot A र Slot B) हुन्छन्। यदि तपाईँले नयाँ अपडेट इन्स्टल गर्नुभयो भने, त्यो एउटा स्लटमा बस्छ र पुरानो सफ्टवेयर अर्को स्लटमा रहन्छ। यदि नयाँ सफ्टवेयरमा केही समस्या आएर फोनले पुरानो स्लटबाट खुल्न खोज्यो भने, बुटलोडरको संस्करण नमिल्दा फोन पूर्ण रूपमा बन्द (वृक ) हुन सक्छ।
म्यानुअल अपडेट गर्नेहरूका लागि सावधानी
यदि तपाईँ आफैँ फाइल डाउनलोड गरेर (Sideload/Flash) फोन अपडेट गर्दै हुनुहुन्छ भने, गूगलले निम्न प्रक्रिया अपनाउन सल्लाह दिएको छ:
- मे २०२६ को अपडेट इन्स्टल गरी फोन एकपटक सफलतापूर्वक अन भएपछि, पुनः ‘full OTA image’ डाउनलोड गरी साइडलोड गर्नुहोस्।
- यसले गर्दा फोनका दुवै स्लटहरूमा नयाँ बुटलोडर अपडेट हुनेछ र फोन ‘अनबुटबल’ हुने जोखिम हुदैन ।
साधारण प्रयोगकर्तालाई के असर पर्छ?
साधारण प्रयोगकर्ता, जसले सेटिङबाट आउने ‘नोटिफिकेसन’ मार्फत फोन अपडेट गर्छन्, उनीहरूलाई यसले खासै असर गर्दैन। उनीहरूको फोनले यो प्रक्रिया आफैँ व्यवस्थापन गर्छ। यो चेतावनी विशेष गरी सफ्टवेयरसँग खेल्न मन पराउने ‘डेभलपर’ र एडभान्स प्रयोगकर्ताहरूका लागि हो।




























प्रतिक्रिया दिनुहोस्