बुधबार, २४ असार २०८३, ०४:४५
बुधबार, २४ असार २०८३, ०४:४५

सिरहाको छोटी भन्सार बन्द गर्ने सरकारी निर्णयको विरोधमा हुलाकीमार्ग अवरुद्ध

|
३ मिनेट पढ्ने समय
0
Siraha Hulaki Marga Banda 1024x586 1

सिरहा । सिरहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयको विरोधमा स्थानीयवासी तथा व्यापारी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण हुलाकीमार्ग अवरुद्ध हुँदा सवारी आवतजावत प्रभावित बनेको छ ।

नेपाल सरकारले २०८३ वैशाख २४ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासीले बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकमा प्रदर्शन गरेका हुन् ।

यो पनि पढ्नुहोस्

जनकपुरमा २ अर्ब लगानीको पाँचतारे होटल बन्ने
२०८३ बैशाख २४ गते, बिहीबार
मधेश प्रदेशमा धान उत्पादन विस्तार गर्ने तयारीमा आरजु राइस मिल
२०८३ बैशाख २४ गते, बिहीबार
मेसिनको प्रयोगले आम्दानी बढेपछि किसान उत्साहित
२०८३ बैशाख २४ गते, बिहीबार

प्रदर्शनकारीहरूले सडकको बीचभागमा बेन्च राखेर बिहान करिब ८:३० बजेदेखि हुलाकी मार्ग अवरुद्ध गरेका छन् । आन्दोलनका कारण पूर्व–पश्चिम आवागमन प्रभावित भएको स्थानीयले बताएका छन् ।

आन्दोलनरत पक्षले बरियारपट्टी छोटी भन्सार कार्यालय पुन: सञ्चालन गर्नुपर्ने माग गर्दै सरकारको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् । स्थानीयका अनुसार भन्सार कार्यालय बन्द हुँदा सीमावर्ती क्षेत्रको व्यापार, राजस्व संकलन तथा स्थानीय आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने भएकाले आन्दोलन गर्न बाध्य भएको हो ।

यता, जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रवक्ता रमेशबहादुर पालले आन्दोलनकारीसँग वार्ता तथा समन्वय भइरहेको जानकारी दिएका छन् । उनले अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको बताए । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठक स्वयं घटनास्थलमा खटिएको जनाइएको छ ।

प्रदर्शनमा बजार व्यवस्थापन समिति अध्यक्ष अम्बेय कुमार यादव, सुखीपुर उद्योग व्यापार समिति सचिव सञ्जय कुमार यादव, वडा अध्यक्ष विनोद यादवलगायत स्थानीयवासीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ