बिहीबार, १३ कार्तिक २०८३, ०९:५१
बिहीबार, १३ कार्तिक २०८३, ०९:५१

स्वास्थ्यमा ९७७ नयाँ दरबन्दी थपिँदै, अर्थमन्त्रालयबाट स्वीकृत

|
३ मिनेट पढ्ने समय
0
Ministry of Health 1024x600 1

काठमाडौं । स्वास्थ्य मन्त्रालय मातहतमा ९७७ स्थायी दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ ।

स्वास्थ्य मन्त्री निशा महेताको सचिवालयका अनुसार ९७७ नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालयबाट बुधबार स्वीकृत भएको हो ।

यो पनि पढ्नुहोस्

सरकारी विज्ञापन सम्बन्धी निर्णय बदर गर्ने आदेश तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयलाई पत्राचार
२०८३ कार्तिक १२ गते, बुधबार
निर्माण आयोजनामा मूल्य समायोजनको व्यवस्था, निर्माण व्यवसायीलाई कसरी पुग्दैछ राहत?
२०८३ कार्तिक १२ गते, बुधबार
अछाममा सडक निर्माण अलपत्र पार्ने कम्पनीको ठेक्का तोडियो, ३८ करोड २३ लाख दाखिला गर्न ३५ दिने सूचना
२०८३ कार्तिक १२ गते, बुधबार

‘स्वास्थ्य मन्त्रालयले लगेका दरबन्दीको प्रस्तावलाई बुधबार अर्थ मन्त्रालयले स्वीकृति दिएको छ,’ सचिवालय सदस्य मिलन लिम्बुले भने, ‘ अहिले स्वास्थ्यमा अति आवश्यक जनशक्तिको दरबन्दी थप गर्न लागेका हौं ।’

उक्त प्रस्ताव अब मन्त्रिपरिषद्बाट पास गर्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब बस्ने मन्त्रिपरिषद्को निर्णयबाट दरबन्दी थप गर्ने निर्णय हुनेछ ।

स्वास्थ्य क्षेत्रमा तीन दशकयता दरबन्दी थप भएको थिएन । पूर्व स्वास्थ्यमन्त्रीले पटकपटक दरबन्दी थप गर्ने प्रक्रिया सरकारले अनुमति दिएको थिएन ।

स्वास्थ्य क्षेत्रका कर्मचारी संगठन र विज्ञहरूले समेत दशकौँदेखि उठाउँदै आएको स्थायी दरबन्दी विस्तारको माग अहिले पहिलो पटक ठोस निर्णयको चरणमा पुगेको हो ।

देशको जनसंख्या तीन करोड पुगेपनि स्थायी दरबन्दी संरचना पुरानै ढाँचामा सीमित रहँदा अस्पताल, स्वास्थ्य संस्था र विशेषज्ञ सेवामा जनशक्ति अभाव चर्किंदै थियो ।

नयाँ दरबन्दी हुँदा संघीय संरचना अनुसार स्वास्थ्य सेवा व्यवस्थापनलाई थप प्रभावकारी हुने स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ