मंगलवार, १ बैशाख २०८३, ०३:२६
मंगलवार, १ बैशाख २०८३, ०३:२६

आगामी शैक्षिक सत्रदेखि गेटामा पढाइ सुरु गर्छौं : शिक्षा मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा र स्वास्थ्य सरकारको उच्च प्राथमिकताको क्षेत्र भएको बताउँदै हालसम्म मेडिकल युनिभर्सिटी नभएको अवस्थामा सुदूरपश्चिममा यो विश्वविद्यालय विशेष प्राथमिकतामा रहेको बताएका हुन् ।
|
२ मिनेट पढ्ने समय
0 २४
geta sabha 0821225 0842026011930 1000x0 1

धनगढी। शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा जुनसुकै हालतमा पनि चिकित्सा शिक्षा अध्ययन अध्यापन सुरु गर्ने बताएका छन् । 

मन्त्री पोखरेलले शिक्षा र स्वास्थ्य सरकारको उच्च प्राथमिकताको क्षेत्र भएको बताउँदै हालसम्म मेडिकल युनिभर्सिटी नभएको अवस्थामा सुदूरपश्चिममा यो विश्वविद्यालय विशेष प्राथमिकतामा रहेको बताएका हुन् । ‘आर्थिक हिसाबले कुनै कमी-कमजोरी नहोस् भन्ने प्रधानमन्त्रीको पनि निर्देशन छ । अर्थ मन्त्रालय पनि यसमा सकारात्मक छ,’ मन्त्री पोखरेलले भने । 

बुधबार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको बैठकपछि उनले सरकारले यस विश्वविद्यालयलाई आवश्यक स्रोत, संरचना र नीतिगत सहयोग प्रदान गर्ने तयारी गरिरहेको बताए । विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीका अनुसार ५० एमबीबीएस, ३० नर्सिङ, २० ल्याब टेक्नोलोजी र २० सिट बीएस्सी अप्टोमेटरीमा  पढाइ हुनेछ । उनले तीन सय शय्याको शिक्षण अस्पताल पनि सुरु गरिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ट्रेन्डिङ