शनिबार, २६ बैशाख २०८३, ०२:४४
शनिबार, २६ बैशाख २०८३, ०२:४४

हुन्डी कारोबार गर्नेको सूचना गोप्य रूपमा पठाउन नेपाली राजदूतावासको आग्रह

|
३ मिनेट पढ्ने समय
0
uae nepali embassy1

काठमाडौं । नेपाली राजदूतावास आबुधाबीले दुबई लगायतका क्षेत्रमा रहेर गैरकानुनी रूपमा हुन्डी (अनौपचारिक विप्रेषण) को कारोबार गर्ने व्यक्ति तथा संस्थाहरूको निगरानी बढाउँदै गएको छ । त्यसको कारोबारको विवरण सरकारलाई उपलब्ध गराउन सुरु गरेको हो ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण गर्ने राष्ट्रिय नीति अनुरूप दूतावासले यस्तो कदम चालेको हो । विदेशमा बसेर अनौपचारिक माध्यमबाट रकम सङ्कलन गर्ने र नेपाल नपठाई हुन्डीको कारोबार गर्नेहरूको गोप्य सूचना संकलन गरी परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित निकायमा नियमित रूपमा पठाउने कार्य भइरहेको दूतावासले जनाएको छ ।

यो पनि पढ्नुहोस्

इजरायल, साइप्रसबाट अनौपचारिक ढंगले रेमिट्यान्स नपठाउन दूताबासको अनुरोध
२०८३ बैशाख २४ गते, बिहीबार
वैदेशिक रोजगारीमा श्रीलंका पुगेका ५ नेपालीको बिचल्ली
२०८३ बैशाख २४ गते, बिहीबार
अमेरिकी डलरको भाउ बढ्यो
२०८३ बैशाख ९ गते, बुधबार

दूतावासले युएईमा कार्यरत सम्पूर्ण नेपाली समुदायलाई गैरकानुनी वित्तीय कारोबारमा संलग्न नहुन र त्यस्ता गतिविधिमा संलग्न भएका व्यक्ति वा संस्थाहरूको प्रमाणसहितको विवरण दूतावासलाई उपलब्ध गराउन अनुरोध गरेको छ । यसरी प्राप्त हुने सूचनाका आधारमा दूतावासले तथ्याङ्कहरू तयार पारी कारबाहीका लागि नेपाल सरकारका निकायहरूमा पठाउने व्यवस्था मिलाएको छ ।

गैरकानुनी हुन्डी कारोबारलाई निरुत्साहित गर्नका लागि दूतावासले विशेष ईमेल ठेगाना समेत सार्वजनिक गरेको छ । कसैले हुन्डी गरिरहेको जानकारी पाएमा वा प्रमाण भेटिएमा विवरण पठाएर सहयोग गर्न दूतावासले अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ