शनिबार, १६ जेष्ठ २०८३, ०३:३१
शनिबार, १६ जेष्ठ २०८३, ०३:३१

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने खड्कामाथि कारबाही गर्न निर्देशन

|
३ मिनेट पढ्ने समय
0
pm office secretary

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै फोनमार्फत अश्लील भाषा प्रयोग गरी धम्की दिने व्यक्तिमाथि कारबाही गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै वडा सचिव भण्डारीलाई धम्क्याउने प्रकाश खड्कालाई कानुनी दायरामा ल्याउन सुरक्षा तथा अनुसन्धान निकायलाई निर्देशन दिइएको जानकारी दिएका हुन् ।

यो पनि पढ्नुहोस्

वडा सचिवलाई धम्काउने रा.स्व.पा. कार्यकर्ता खड्का पक्राउ
२०८३ जेष्ठ २ गते, शनिबार
सांसदहरूको बायोमेट्रिक विवरण लिइँदै
२०८३ बैशाख २४ गते, बिहीबार
पर्यटक लिएर नेपाल भित्रने सवारी साधनले अनलाइनबाटै विवरण भर्न र राजश्व तिर्न सक्ने
२०८३ बैशाख २४ गते, बिहीबार

प्रकाश खड्काले वडा सचिव भण्डारीलाई धम्की दिएको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कार्यालयले कानुन तथा स्थापित प्रशासनिक प्रक्रियाअनुसार आफ्नो जिम्मेवारी पूरा गरिरहेका राष्ट्रसेवक कर्मचारीमाथि भय, त्रास सिर्जना गर्ने, अमर्यादित शब्द प्रयोग गर्ने तथा धम्की दिने गतिविधि निन्दनीय र अक्षम्य भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा कर्मचारीको मनोबल उच्च राख्नु तथा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै सुशासन, विधिको शासन र प्रशासनिक अनुशासन कायम गर्न यस्ता गतिविधिमाथि कडा निगरानी आवश्यक रहेको बताइएको छ ।

साथै, सरकारी निकाय तथा प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी अनुचित दबाब सिर्जना गर्ने कार्य नगर्न समेत प्रधानमन्त्री कार्यालयले सबैलाई आग्रह गरेको छ ।

pm office

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ