बिहीबार, १९ कार्तिक २०८३, ८:५८
बिहीबार, १९ कार्तिक २०८३, ८:५८

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

|
२ मिनेट पढ्ने समय
0
gigyankumar thapa japan scaled

काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । 

सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठले थापाले आफ्नो नाम फिर्ता लिएको जानकारी गराएका हुन् । 

यो पनि पढ्नुहोस्

३२औँ वर्षमा प्रवेश गर्दै किसान सहकारी, चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १७ गते, मंगलवार
अम्मरपुर कप फुटबल प्रतियोगिता सुरू : १६ टोली उपाधि भिडन्तमा, विजेतालाई १ लाख ५० हजार पुरुस्कार
२०८३ कार्तिक १५ गते, आईतवार
सरकारी विज्ञापन सम्बन्धी निर्णय बदर गर्ने आदेश तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयलाई पत्राचार
२०८३ कार्तिक ११ गते, बुधबार

‘उजुरीबारे आज बैठक बस्ने भएपछि हामीले उहाँलाई यहाँ बोलाएका थियौँ । र,  केही कुरा पनि गर्‍यौँ’, उनले भने, ‘त्यसक्रममा उहाँले देशको कुरा हो, कन्फिल्क्टि अफ इन्ट्रेस्ट हो भने म नाम फिर्ता लिन्छु भन्नु भयो । तर लिखित आउन बाँकी छ केहीबेरमा आउँछ ।’

यसअघि असोज २८ गते भएको सुनुवाइमा प्रस्तावित राजदूत थापाको जापानको स्थायी बसोबास अनुमति पत्र रहेको भन्दै समिति सदस्य सांसदहरूले प्रश्न उठाएपछि रोकिएको थियो । 

सुनुवाइका क्रममा प्रस्तावित राजदूत थापाले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिए पनि सांसदहरूले संविधानको धारा २९१ को व्यवस्था र पीआर त्यागेको अवधिको विषयमा प्रश्न उठाएका थिए ।

यसबारे स्पष्ट हुन भनेर संसदीय समितिले परराष्ट्र मन्त्रालय मार्फत जापान सरकारसँगै विवरण मागेको थियो । त्यसको जवाफ पनि परराष्ट्रले दुतावास मार्फत पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ