मंगलवार, १ बैशाख २०८३, ०३:२८
मंगलवार, १ बैशाख २०८३, ०३:२८

हेटौंडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ

सिन्धुली मरिन गाउँपालिका-४ घर भई हाल हेटौंडा-४ बस्दै आएका करिब १८ वर्षीय बिराज बिकलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । बिक अर्काको नाममा जारी गरिएको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएका थिए ।
|
२ मिनेट पढ्ने समय
0 २४
Arrested Sketch

हेटौंडा । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार हेटौंडा उपमहानगरपालिका-१० भुटनदेवी रोडस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेको अवस्थामा सिन्धुली मरिन गाउँपालिका-४ घर भई हाल हेटौंडा-४ बस्दै आएका करिब १८ वर्षीय बिराज बिकलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

पिंगलास्थानमा चल्यो गोली, दुई भारतीय पक्राउ
२०८२ चैत्र २४ गते, मंगलवार

बिक अर्काको नाममा जारी गरिएको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएका थिए । उनी हेटौंडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत रहेको डीएसपी बोगटीले बताए ।

बिकले हेटौंडा-१२ पदमपोखरी घर भएका किशोर श्रेष्ठका १९ वर्षीय छोरा अंकिश श्रेष्ठको नाममा जारी प्रवेशपत्र प्रयोग गरी नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिन आएको प्रहरीले उल्लेख गरेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अंकिश श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको डीएसपी बोगटीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ट्रेन्डिङ