बुधबार, २ बैशाख २०८३, ०९:५८
बुधबार, २ बैशाख २०८३, ०९:५८

अबुधाबीमा ड्रोन अवशेष खस्दा घाइते ७ नेपालीमध्ये ६ डिस्चार्ज, १ को अवस्था सुधारउन्मुख

|
२ मिनेट पढ्ने समय
0 २४
iran abudabi

अबुधाबी । नेपाली दूतावास अबुधाबीले संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे जानकारी सार्वजनिक गरेको छ।

शुक्रबार अबुधाबीको अब्जान क्षेत्रमा भएको दुर्घटनामा ७ जना नेपाली घाइते भएका थिए।

यो पनि पढ्नुहोस्

इरान–अमेरिका तनावः ४५ दिनको युद्धविराम र होर्मुज पुनः खोल्ने प्रस्ताव
२०८२ चैत्र २४ गते, मंगलवार

दूतावासका अनुसार घाइतेमध्ये ६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने १ जनाको अवस्था सुधारउन्मुख रहेको अस्पताललाई उद्धृत गर्दै जनाएको छ।

घाइते नागरिकहरू आफ्ना परिवारसँग नियमित सम्पर्कमा रहेकाले उनीहरूको व्यक्तिगत विवरण सार्वजनिक नगरिएको दूतावासले जनाएकाे छ।

दूतावासले सबै घाइतेसँग टेलिफोनमार्फत सम्पर्क गर्नुका साथै ४ जनासँग प्रत्यक्ष भेट गरी उनीहरूको अवस्थाबारे जानकारी लिएको ।

आवश्यक सहयोग तथा समन्वयका लागि दूतावास निरन्तर सक्रिय रहेको र उपचार व्यवस्थापनमा सहजीकरण गरिरहेको उल्लेख गरिएको छ। साथै, संयुक्त अरब इमिरेट्स सरकारले आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराएको पनि जनाइएको छ।

हाल मध्यपूर्वमा विकसित भइरहेको परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले त्यहाँ रहेका नेपाली नागरिकहरूलाई स्थानीय सरकारले जारी गरेका सुरक्षा निर्देशिका पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

साथै, आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न र सतर्क रहन पनि अनुरोध गरिएको छ।

दूतावासले संकटको अवस्थामा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक पहल जारी राख्ने प्रतिबद्धता जनाएको छ।

यसअघि इरान–इजरायल–अमेरिका द्वन्द्वका क्रममा यूएईमा गोरखाका दिवस श्रेष्ठको ज्यान गएको थियो।

660542182 2121406325069785 2686139592136010263 n 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
1 😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ट्रेन्डिङ