मंगलवार, १ बैशाख २०८३, ०३:२४
मंगलवार, १ बैशाख २०८३, ०३:२४

एनपीएल २ मा क्यानको मुनाफा २७४ प्रतिशत बढ्यो, प्रत्येक फ्रेन्चाइजको भागमा २ करोड

|
२ मिनेट पढ्ने समय
0 २४
CAN

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा नेपाल क्रिकेट संघ (क्यान) ले भारी मुनाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा २७४ प्रतिशत बढी आम्दानी गरेको क्यानले सार्वजनिक गरेको विवरणबाट देखिन्छ ।

हिजो बसेको क्यानको कार्यसमिति बैठकले एनपीएलको आम्दानी र खर्चको हिसाब अनुमोदन गरेको हो । जसअनुसार क्यानले ४७ करोड ३६ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको छ । अघिल्लो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख रुपैयाँ मात्र थियो ।

यो पनि पढ्नुहोस्

आइपिएलमा दिल्ली र मुम्बई खेल्दै
२०८२ चैत्र २१ गते, शनिबार
आशिफ र दीपकको साझेदारीमा एपिएफको जित
२०८२ चैत्र २१ गते, शनिबार
एनएनआइपिए स्पोर्ट्स अवार्डको आज
२०८२ चैत्र २० गते, शुक्रबार

क्यानको खर्च भने झिनो अंकले बढेको छ । पहिलो संस्करणमा २० करोड १५ लाख रुपैयाँ खर्च भएकोमा यसपालि २१ करोड ९६ लाख रुपैयाँ खर्च भयो । खर्च लगभग स्थिर र आम्दानी ह्वात्तै बढ्दा क्यानको बचत उच्च भएको हो ।

कुल बचतको ५० प्रतिशत हिस्सा क्यानले एनपीएलका ८ फ्रेन्चाइजीहरुलाई वितरण गर्छ ।

यस पटक फ्रेन्चाइजीहरुले पाउने रकम पनि ह्वात्तै बढेको छ । गत वर्ष फ्रेन्चाइजीहरुले ४ करोड ३७ लाख रुपैयाँबाट दामासाहीले करिब ५० लाख मात्रै पाएका थिए । यस पटक प्रत्येक फ्रेन्चाइजीले कर तिरेर पनि करिब २ करोड रुपैयाँ क्यानबाट प्राप्त गर्ने छन् ।

सबै फ्रेन्चाइजहरु भ्याटमा दर्ता भएकाले उनीहरूले आम्दानीको १.५ प्रतिशत टिडीएस तिरे पुग्छ ।

फ्रेन्चाइजीहरुलाई बाँडेपश्चात् पनि क्यानलाई ९ करोड २१ लाख २१ हजार रुपैयाँ बचत छ । यो भनेको गत वर्षको तुलनामा २७५ प्रतिशत वृद्धि हो । गत वर्ष क्यानले २ करोड ७४ लाख रुपैयाँ बचत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ट्रेन्डिङ