शनिबार, १६ जेष्ठ २०८३, ०३:३१
शनिबार, १६ जेष्ठ २०८३, ०३:३१

ओलीलाई पहिले भेटेको विषयमा मुख्यमन्त्री शाहको सचिवालयद्वारा प्रष्टीकरण

कांग्रेस सभापति गगन कुमार थापा पोखरामा रहेका कारण तत्काल भेटघाट सम्भव नभएको
|
३ मिनेट पढ्ने समय
0
sudur cm kamal bdr shah meeting

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिले भेटी त्यसपछि आफ्नो पार्टी नेपाली कांग्रेसका सभापति गगन कुमार थापासँग भेट गरेको विषयलाई लिएर विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति मुख्यमन्त्रीको सचिवालयले प्रष्टीकरण दिएको छ ।

मुख्यमन्त्री शाहको सचिवालय प्रमुख प्रयागराज खनालद्धारा सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा वैशाख ३१ गते मुख्यमन्त्री शाह शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठकमा सहभागी हुन काठमाडौं गएको उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

लम्कीचुहा प्रादेशिक अस्पताल विवाद : के–के हुन् मुख्य घटनाक्रम ?
२०८३ जेष्ठ १३ गते, बुधबार
लम्कीचुहा प्रादेशिक अस्पताल विवाद : कसरी सुरु भयो अस्पताल स्तरोन्नतिको प्रक्रिया?
२०८३ जेष्ठ १० गते, आईतवार
लुम्बिनी प्रदेश मन्त्रिपरिषद्का निर्णय- सचिवको जिम्मेवारीदेखि कार्यविधि स्वीकृतसम्म
२०८३ बैशाख २४ गते, बिहीबार

सचिवालयका अनुसार उक्त बैठक सम्पन्न भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापा पोखरामा रहेकाले तत्काल भेटघाट सम्भव नभएको र त्यसपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिएको हो ।

त्यस पश्चात् शुक्रबार मात्र पार्टी सभापति गगन कुमार थापा पोखराबाट काठमाडौं फर्किएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे मुख्यमन्त्री शाहले सभापति थापासँग भेटघाट गरेका जनाइएको छ ।

सचिवालयले उक्त भेटघाटका क्रममा सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी व्यवस्थापन, आगामी आर्थिक वर्षको बजेट निर्माण तथा प्रदेशसभामा दर्ता भएका विभिन्न विधेयकका विषयमा छलफल भएको जानकारी दिएको छ ।

मुख्यमन्त्रीको सचिवालयले विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै भेटघाटलाई अन्यथा ढंगले व्याख्या नगर्न आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ