बुधबार, ३ असार २०८३, ०२:०९
बुधबार, ३ असार २०८३, ०२:०९

सार्वजनिक सवारीसाधनमा अब सीसीटीभी-जीपीएस अनिवार्य, यस्तो बन्दैछ निर्देशिका

|
३ मिनेट पढ्ने समय
0
public bus

काठमाडौं । अबदेखि सार्वजनिक सवारीसाधनमा ‘जीपीएस’ (कुनै पनि वस्तु वा व्यक्तिको अवस्थिति पत्ता लगाउने)  अनिवार्य जडान गर्नुपर्ने भएको छ ।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीसाधनलाई प्रविधिजडित, स्वस्थ, सुरक्षित, मर्यादित र यात्रीमैत्री बनाउने सम्बन्धी निर्देशिका २०८२ को मस्यौदा तयार पारेको छ ।

यो पनि पढ्नुहोस्

एमएडब्लू राइड्सले नेपाल ल्यायो ‘एफजेडएस-एफआई हाइब्रिड’ बाइक
२०८३ बैशाख २४ गते, बिहीबार
नेपालमा खुल्यो होन्डाको अत्याधुनिक ‘थ्री एस शोरुम’ 
२०८३ बैशाख २४ गते, बिहीबार
राइड सेयरिङ गर्ने सवारीसाधनको आयु तोकिँदै, १५ वर्ष पुराना निषेध
२०८३ बैशाख २४ गते, बिहीबार

सोही निर्देशिका मार्फत सरकारले सवारीसाधनमा अनिवार्य जीपीएस नियम ल्याउन लागेको हो । यस्तो उपकरण जडान गर्न यातायात व्यवस्था विभागले प्राविधिक सहयोग उपलब्ध गराउने गरी प्रस्ताव गरिएको छ ।

उपकरणको व्यवस्थित सञ्चालन तथा निगरानीका लागि विभागले नियन्त्रण कक्षसहित प्रणाली तयार पार्ने छ । प्रणाली र उपकरण चुस्तदुरुस्त राख्ने दायित्व सवारी चालक, परिचालक तथा सवारीधनीको हुनेछ ।

यसरी जडान हुने उपकरणमा अब अनिवार्य भौगोगिक सीमांकन, तीव्र गति चेतावनी प्रणाली, इग्निसन अन वा अफ चेतावनी प्रणाली र बाटोबारे समेत जानकारी समेट्नुपर्ने भएको छ ।

मन्त्रालयले आगामी साता उक्त निर्देशिकालाई अन्तिम रूप दिन सरोकारवालासँग छलफलको मिति समेत तय गरेको छ । सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११ मा भएको थप संशोधन र सार्वजनिक यातायात आचारसंहिता २०६७ खारेज गरी त्यसको सट्टामा नयाँ निर्देशिका कार्यान्वयनमा ल्याउन लागेको हो ।

मन्त्रिपरिषद्बाट स्वीकृत १ सय सुधारका बुँदामा सार्वजनिक यातायात व्यवस्था प्रविधिमैत्री बनाउने विषय समावेश थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ