शनिबार, १६ जेष्ठ २०८३, ०२:४४
शनिबार, १६ जेष्ठ २०८३, ०२:४४

आइपिएलमा दिल्ली र मुम्बई खेल्दै

|
४ मिनेट पढ्ने समय
0
IMG 20260404 144455

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबारको पहिलो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

दिल्लीका स्पिनर कुलदीप यादव का अनुसार टि ट्वान्टी जस्तो उच्च स्कोर हुने खेलमा स्पिनरका लागि बलिङ गर्न सजिलो हुँदैन। तर उनले आफ्नो बलियो पक्षमा टिकिरहनु सबैभन्दा महत्वपूर्ण भएको बताए।

यो पनि पढ्नुहोस्

अमेरिकामाथि नेपालको शानदार जित, कुशल भुर्तेलको अविजित शतक
२०८३ जेष्ठ २ गते, शनिबार
एनपीएल २ मा क्यानको मुनाफा २७४ प्रतिशत बढ्यो, प्रत्येक फ्रेन्चाइजको भागमा २ करोड
२०८२ चैत्र २४ गते, मंगलवार
आशिफ र दीपकको साझेदारीमा एपिएफको जित
२०८२ चैत्र २१ गते, शनिबार

उनले ब्याट्सम्यानको शैली बुझ्दै एक कदम अगाडि सोचेर बलिङ गर्नुपर्ने र विकेट लिन आक्रामक मानसिकता कायम राख्नुपर्ने बताए।

यो सिजन दिल्लीको पहिलो खेलमा २२ वर्षका समिर रिज्वी नायक बने । उनले उत्कृष्ट इनिङ्स खेल्दै टोलीलाई जित दिलाए। अहिले उनी दिल्लीका लागि महत्वपूर्ण खेलाडीका रूपमा हेरिएका छन्।

यो खेलमा केएल राहुल र ट्रेन्ट बोल्टबीचको प्रतिस्पर्धा निकै रोचक हुन सक्छ। राहुलले टि ट्वान्टी क्रिकेटमा बोल्टविरुद्ध राम्रो स्ट्राइक रेटमा रन बनाएका छन्।
त्यस्तै रोहित शर्मा भने अक्षर पटेल विरुद्ध धेरै सहज देखिएका छैनन्।

यो खेलमा लुंगी एनगिडी र जसप्रित बुमराह माथि विशेष ध्यान रहनेछ। एनगिडीले पछिल्लो समय टि ट्वान्टी क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन्।

बुमराह विश्वकै उत्कृष्ट टि ट्वान्टी बलरमध्ये एक मानिन्छन् । तर दिल्लीको अरुण जेट्ली स्टेडियम मा उनको इकोनोमी रेट भने खासै राम्रो छैन।

समग्रमा हेर्दा दुवै टोलीले सिजनको पहिलो खेल जितिसकेका कारण यो खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

सम्भावित टोली

दिल्ली क्यापिटल्स – केएल राहुल, पथुम निसान्का, नितिश राणा, अक्षर पटेल, डेभिड मिलर, ट्रिस्टन स्टब्स, समीर रिज्वी/आशुतोष शर्मा, विप्रज निगम, कुलदीप यादव, लुंगी एनगिडी, मुकेश कुमार, टी नटराजन।

मुम्बई इन्डियन्स – रोहित शर्मा, रायन रिकेल्टन, तिलक वर्मा, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, नमन धिर, शेरफान रदरफोर्ड, मिचेल स्यान्टनर, शार्दुल ठाकुर, जसप्रित बुमराह, मयंक मार्कण्डे, ट्रेन्ट बोल्ट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ