धनगढी। शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा जुनसुकै हालतमा पनि चिकित्सा शिक्षा अध्ययन अध्यापन सुरु गर्ने बताएका छन् ।
मन्त्री पोखरेलले शिक्षा र स्वास्थ्य सरकारको उच्च प्राथमिकताको क्षेत्र भएको बताउँदै हालसम्म मेडिकल युनिभर्सिटी नभएको अवस्थामा सुदूरपश्चिममा यो विश्वविद्यालय विशेष प्राथमिकतामा रहेको बताएका हुन् । ‘आर्थिक हिसाबले कुनै कमी-कमजोरी नहोस् भन्ने प्रधानमन्त्रीको पनि निर्देशन छ । अर्थ मन्त्रालय पनि यसमा सकारात्मक छ,’ मन्त्री पोखरेलले भने ।
बुधबार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको बैठकपछि उनले सरकारले यस विश्वविद्यालयलाई आवश्यक स्रोत, संरचना र नीतिगत सहयोग प्रदान गर्ने तयारी गरिरहेको बताए । विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीका अनुसार ५० एमबीबीएस, ३० नर्सिङ, २० ल्याब टेक्नोलोजी र २० सिट बीएस्सी अप्टोमेटरीमा पढाइ हुनेछ । उनले तीन सय शय्याको शिक्षण अस्पताल पनि सुरु गरिने बताएका छन् ।






























प्रतिक्रिया दिनुहोस्