बिहीबार, १० बैशाख २०८३, ०५:३९
बिहीबार, १० बैशाख २०८३, ०५:३९

विद्युतीय सवारीको भाडा बढेको छैन, साविककै पैसा तिर्नुस्: विभाग

|
४ मिनेट पढ्ने समय
0
ev van

काठमाडौँ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने विद्युतीय सवारीसाधनको भाडा वृद्धि नभएको स्पष्ट पारेको छ । मंगलबार एक सूचना जारी गर्दै विभागले हालै गरिएको भाडा समायोजन केवल डिजेल इन्जिन भएका सवारीसाधनमा मात्र लागु हुने जानकारी दिएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि विभागले गत २५ चैतमा स्वचालित भाडा समायोजन प्रणालीअनुसार अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा बढाएको थियो । तर, केही विद्युतीय सवारीसाधनले पनि बढेको भाडा असुल गरिरहेको र यात्रुलाई अनिवार्य रूपमा दिनुपर्ने टिकट समेत नदिएको गुनासो आएपछि विभागले यसबारे स्पष्ट पारेको हो ।

यो पनि पढ्नुहोस्

सार्वजनिक सवारीसाधनमा अब सीसीटीभी-जीपीएस अनिवार्य, यस्तो बन्दैछ निर्देशिका
२०८३ बैशाख ९ गते, बुधबार

विभागका अनुसार विद्युतीय सवारीसाधनको हकमा साविककै भाडादर कायम छ । “कुनै कुनै विद्युतीय सवारीसाधन प्रयोग गर्ने यातायात सेवा प्रदायकबाट यात्रु ओसार-पसार गर्दा माथि उल्लेख भए अनुसार वृद्धि भएको भाडा असुलिएको साथै यात्रुलाई यात्री टिकट समेत नदिइएको गुनासो प्राप्त भएको हुँदा विद्युतीय सवारीसाधनको हकमा साविककै भाडादर कायम रहेको तथा यातायात सेवा प्रदायकले यात्रुले भाडा तिरेको यात्री टिकट अनिवार्य रुपमा दिनुपर्ने प्रावधान रहेकोले सोही अनुसार गर्नु/गराउनु हुन अनुरोध छ,” विभागको सूचनामा भनिएको छ, “विद्युतीय सवारीको हकमा भाडा वृद्धि लागु नहुने हुँदा साविककै दर कायम गर्न र यात्रुलाई अनिवार्य टिकट दिन अनुरोध छ ।”

विभागले प्रचलित नियमको बर्खिलाप गर्नेलाई कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ । उल्लेखित व्यवस्थाको विपरीत बढी भाडा असुल्ने वा टिकट नदिने सवारीसाधनलाई ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९’ र ‘नियमावली २०५४’ बमोजिम कारबाही गरिने विभागले चेतावनी दिएको छ ।

विद्युतीय सवारीसाधनले इन्धनको रूपमा डिजेल प्रयोग नगर्ने भएकाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको आधारमा उनीहरूको भाडा नबढ्ने प्रावधान छ । विभागले यात्रुहरूलाई पनि तोकिएको भन्दा बढी भाडा नतिर्न र अनिवार्य रूपमा टिकट मागेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

677118807 1279084271034226 4800057752841456607 n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ