शनिबार, २६ बैशाख २०८३, ०५:३१
शनिबार, २६ बैशाख २०८३, ०५:३१

नेपालमा खुल्यो होन्डाको अत्याधुनिक ‘थ्री एस शोरुम’ 

|
४ मिनेट पढ्ने समय
0
DJI 20260424120110 0042 D 1024x683 1

काठमाडौं । होन्डा नेपालले नेपालमा पहिलो अत्याधुनिक प्रविधियुक्त नयाँ ‘थ्री एस शोरुम’ सञ्चालनमा ल्याएको छ ।

नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङले शुक्रबारदेखि त्रिपुरेश्वरमा नयाँ थ्री एस (सेल्स, सर्भिस, स्पेयर पार्टस्) शोरुम सञ्चालनमा ल्याएको हो ।

यो पनि पढ्नुहोस्

एमएडब्लू राइड्सले नेपाल ल्यायो ‘एफजेडएस-एफआई हाइब्रिड’ बाइक
२०८३ बैशाख २४ गते, बिहीबार
राइड सेयरिङ गर्ने सवारीसाधनको आयु तोकिँदै, १५ वर्ष पुराना निषेध
२०८३ बैशाख २४ गते, बिहीबार
सार्वजनिक सवारीसाधनमा अब सीसीटीभी-जीपीएस अनिवार्य, यस्तो बन्दैछ निर्देशिका
२०८३ बैशाख २४ गते, बिहीबार

ग्राहकलाई एकै छानामुनि बिक्री, सेवा तथा जेनुइन स्पेयर पार्ट्स सुविधा उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम सञ्चालनमा ल्याएको स्याकार ट्रेडिङका सर्भिस जनरल म्यानेजर सीताराम न्यौपानले जानकारी दिए ।

‘होन्डाले बिक्रीका लागि मात्रै ध्यान दिँदैन, बिक्रीपछिको सेवालाई प्राथमिकता दिन्छ, आफ्ना ग्राहकलाई राम्रो सेवा कसरी पुर्‍याउने भन्ने क्रममा अहिले विश्वव्यापी रूपमा होन्डाले एउटा अवधारणा विकास गरेको छ,’ उनले भने, ‘हाम्रो सेवा पारदर्शी हुनुपर्छ, ग्राहकमैत्री हुनुपर्छ, छिटो छरितो हुनुपर्छ, त्यसका लागि हामीले अहिले नयाँ अवधारणामा यो शोरुम सुरुवात गरेका हौं ।’

शोरुमको मुख्य विशेषता भनेको यहाँ आउने ग्राहकले सर्भिस सेन्टर पनि सहजै देखिने गरी पारदर्शी र सफा, छिटोछरितो हुनुपर्छ भन्ने मान्यतासाथ अघि बढेको उनको भनाइ छ ।

होन्डाले नेपालका ६ ठाउँमा राख्ने उद्देश्य सहित सुरुवातमा काठमाडौंमा स्थापना यस्तो शोरुम सुरुवात गरेको हो ।

वर्कसपको क्षमता दैनिक १ सय ५० वटा मोटरसाइकल सर्भिस गर्न सक्ने खालको छ । ग्राहकलाई विश्वस्तरीय सेवा प्रदान गर्न अत्याधुनिक खालको शोरुम स्थापना गरिएको न्यौपानेको भनाइ छ ।

सर्भिस लिन आउने ग्राहकका लागि चिया, कफी लगायत समेत व्यवस्था गरिएको छ । वर्कसप पारदर्शी बनाइएकाले ग्राहकले आफ्नो मोटरसाइकल मर्मत भइरहेको प्रत्यक्ष हेर्न पाउँछन् ।

होन्डा चर्चित जापानी मोटरसाइकल तथा स्कुटर ब्रान्ड हो । नयाँ शोरुम उद्घाटनमामा होन्डा मोटर कम्पनीका उपाध्यक्ष तथा एसिया तथा ओसिनिया क्षेत्रीय इकाई प्रमुख एवं एसोसिएटेड रिजन अपरेसन्स प्रमुख तोसिओ कुवाहारा, होन्डा मोटरसाइकल बिजनेस युनिट अन्तर्गत सेल्स डिभिजन, सेल्स डिपार्टमेन्ट–२ का विभागीय प्रबन्धक योशिकी कामिओ र मोटरसाइकल बिजनेस युनिट अन्तर्गत सेल्स डिभिजन, सेल्स डिपार्टमेन्ट–२ अन्तर्गतकै प्रतिनिधि पीआइसी कोजिरो कामिया नेपाल आएका थिए । उनीहरूले संयुक्त रूपमा शोरुम उद्घाटन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ