महिनौं लामो प्रतीक्षापछि प्रतीक्षित बलिउड फिल्म ‘रामायण’को टिजर सार्वजनिक भएको छ । जहाँ, अभिनेता रणवीर कपूरलाई भगवान रामको भूमिकामा देख्न सकिन्छ ।
२ मिनेट ३८ सेकेन्ड लामो टिजरमा सांसारिक सबै सुख-सुविधा त्याग्ने राजाको भव्य रूप देखाइएको छ । नितेश तिवारी निर्देशित ‘रामायण पार्ट १’मा रामको चरित्रमा देखिएका रणवीरको लुक्स प्रभावशाली देखिन्छ ।
यो पनि पढ्नुहोस्


पहिलो झलक सार्वजनिक भएसँगै प्रतिक्रिया पनि निकै सकारात्मक देखिन्छ । भिडियोमा उनलाई जनताको हितका लागि आफ्नै जीवनसमेत त्याग गर्न तयार महान् राजाका रूपमा प्रस्तुत गरिएको छ ।
निर्माताले भनेका छन्, ‘राम महान् पात्र हुन्, किनकि उनले सधैं आफ्नो निर्णय व्यक्तिगत चाहनाभन्दा कर्तव्य र ठूलो हितलाई प्राथमिकता दिए । उनले स्वार्थभन्दा त्याग रोजे ।’
अघि भनेका छन्, ‘उनको विरासतले समयसँगै मानवतालाई प्रेरित गर्दै आएको छ र मानव मनको सद्भावनाले सबै द्वन्द्व समाधान गरेर विश्वमा शान्ति ल्याउन सक्छ भन्ने विश्वास जगाउँछ ।’
टिजर सार्वजनिक गर्नुअघि टोलीले अमेरिकाको लस एन्जलसमा ‘राम’ शीर्षकमा अन्तर्राष्ट्रिय दर्शकमाझ विशेष कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा रणवीरले सुरुमा आफूले यो फिल्ममा काम गर्न अस्वीकार गरेको बताएका थिए । तर छोरी राहा कपूरका कारण उनले अन्ततः यो फिल्म स्वीकार गरेका हुन् ।
रणवीरले भने, ‘म पहिलोपटक बुबा बनेँ । भगवान् रामको भूमिका निभाउनु र बुबा बन्नु एकै समयमा हुनु मेरो जीवनको महत्वपूर्ण मोडजस्तो लाग्यो ।’
फिल्ममा दक्षिण भारतीय अभिनेता यश रावणको भूमिकामा देखिनेछन् । अभिनेत्री साई पल्लवी सीताको भूमिकामा छिन् भने रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा देखिनेछन् । फिल्मको प्रदर्शन तिहारमा हुने अपेक्षा छ ।

























प्रतिक्रिया दिनुहोस्