टीकापुर । कैलालीको टीकापुर क्षेत्रमा प्रहरीले लागूऔषध विरुद्ध सञ्चालन गरेको अभियान अन्तर्गत दुई जनालाई खैरो हिरोइन सहित पक्राउ गरेको छ ।
प्रहरीका अनुसार शुक्रबार टीकापुर नगरपालिका–९ स्थित खक्रौला सडक खण्डमा शंकास्पद अवस्थामा हिडि रहेका दुई जनामाथि चेकजाँच गर्दा उनीहरूको साथबाट १९ ग्राम १६० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको हो ।
यो पनि पढ्नुहोस्
प्याकुरेल सेवा समाज नेपालद्वारा सामुदायिक विद्यालयमा सरसफाई सप्ताह सम्पन्न
बालविवाहविरुद्ध सक्रिय किशोरी सम्मानित, विपन्न छात्रालाई शैक्षिक सहयोग
छथरमा जनप्रतिनिधि र कर्मचारीका बालबालिका सामुदायिक विद्यालयमा पढाउनुपर्ने
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर–१२ निवासी १९ वर्षीय सोहन नेपाली र बर्दियाको राजापुर–४ निवासी ३० वर्षीय तेजबहादुर बिटालु रहेका छन् ।
लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पछिल्लो समय लागूऔषध नियन्त्रणका लागि टीकापुर क्षेत्रमा निगरानी तथा चेकजाँचलाई थप कडाइ गरेको बताएको छ ।















प्रतिक्रिया दिनुहोस्