टीकापुर । कैलालीको टीकापुर क्षेत्रमा प्रहरीले लागूऔषध विरुद्ध सञ्चालन गरेको अभियान अन्तर्गत दुई जनालाई खैरो हिरोइन सहित पक्राउ गरेको छ ।
प्रहरीका अनुसार शुक्रबार टीकापुर नगरपालिका–९ स्थित खक्रौला सडक खण्डमा शंकास्पद अवस्थामा हिडि रहेका दुई जनामाथि चेकजाँच गर्दा उनीहरूको साथबाट १९ ग्राम १६० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको हो ।
यो पनि पढ्नुहोस्
मातृभुमि सामुदायिक वनको १२ औं चुनावी साधारण सभा सम्पन्न
राष्ट्रिय आधारभूत विद्यालय खैरिपुरमा सामाजिक परीक्षण तथा अभिभावक भेला सम्पन्न
प्याकुरेल सेवा समाज नेपालद्वारा सामुदायिक विद्यालयमा सरसफाई सप्ताह सम्पन्न
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर–१२ निवासी १९ वर्षीय सोहन नेपाली र बर्दियाको राजापुर–४ निवासी ३० वर्षीय तेजबहादुर बिटालु रहेका छन् ।
लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पछिल्लो समय लागूऔषध नियन्त्रणका लागि टीकापुर क्षेत्रमा निगरानी तथा चेकजाँचलाई थप कडाइ गरेको बताएको छ ।
















प्रतिक्रिया दिनुहोस्