शनिबार, १६ जेष्ठ २०८३, ०२:४५
शनिबार, १६ जेष्ठ २०८३, ०२:४५

कञ्चनपुर कारागारमा कैदीबन्दी बीच झगडामा ५ जना घाइते

बुधबार मध्यान्ह कारागारमा रहेका ३७२ जना कैदीबन्दीमध्ये केहीबीच आपसमा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
|
२ मिनेट पढ्ने समय
0
img20260408121757 0842026111536 1000x0 1

कञ्चनपुर ।भीमदत्त नगरपालिका-१८ भगतपुरस्थित कञ्चनपुर कारागारभित्र कैदीबन्दीबीच झगडा हुँदा ५ जना घाइते भएका छन् ।

बुधबार मध्यान्ह कारागारमा रहेका ३७२ जना कैदीबन्दीमध्ये केहीबीच आपसमा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनामा घाइते भएका कैदीबन्दीहरूलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
२०८३ बैशाख २४ गते, बिहीबार
विपद् प्रतिकार्य सुदृढ बनाउन अन्तरपालिका स्रोत साझेदारी संयन्त्र गठन
२०८२ चैत्र २६ गते, बिहीबार
सुदूरपश्चिमका १७ पालिकामा ‘उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम’ लागू
२०८२ चैत्र २६ गते, बिहीबार

घाइते हुनेहरूमा शुक्लाफाँटा नगरपालिका-७ का २३ वर्षीय ओमप्रकाश घरेडी, शुक्लाफाँटा नगरपालिका-११ का १९ वर्षीय भुवन नाथ, सोही स्थानका २६ वर्षीय भुवन ऐर, भीमदत्त नगरपालिका-७ का आयुष बम र बेलौरी नगरपालिका-८ का राजु दमाई रहेका छन् ।  

घटनापछि प्रहरी निरीक्षकको कमाण्डमा १९ जनाको टोली खटाइएको र कारागारको अवस्था हाल नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
1 😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ