शनिबार, १६ जेष्ठ २०८३, ०३:३३
शनिबार, १६ जेष्ठ २०८३, ०३:३३

आशिफ र दीपकको साझेदारीमा एपिएफको जित

|
३ मिनेट पढ्ने समय
0
IMG 20260404 141509

काठमाडौं । ओपनर आशिफ शेख र दीपक बोहराको अविजित शतकीय पारीमा एपिएफले पिएम कपमा कर्णाली प्रदेशलाई १० विकेटको लज्जास्पद नतिजामा हराएको छ।

यो जितमा कमल ऐरी र अभिषेक गौतमको प्रदर्शन पनि अब्बल रह्यो। एपिएफको यो दोस्रो जित हो।

यो पनि पढ्नुहोस्

अमेरिकामाथि नेपालको शानदार जित, कुशल भुर्तेलको अविजित शतक
२०८३ जेष्ठ २ गते, शनिबार
एनपीएल २ मा क्यानको मुनाफा २७४ प्रतिशत बढ्यो, प्रत्येक फ्रेन्चाइजको भागमा २ करोड
२०८२ चैत्र २४ गते, मंगलवार
आइपिएलमा दिल्ली र मुम्बई खेल्दै
२०८२ चैत्र २१ गते, शनिबार

जितको लागि १ सय ८ रनको अत्यन्त सहज विजय लक्ष्य एपिएफले मात्र १२ ओभरमा बिना विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर आशिफ र दीपकले अविजित १ सय ८ रनको साझेदारी गरे।

यो क्रममा आशिफले ३२ बलमा नै अर्धशतक बनाए। उनले उत्कृष्ट ब्याटिङ गर्ने क्रममा ३८ बल खेल्दै १२ चौका र १ छक्कासहित अविजित ६५ रन बनाए।

दीपकले ३४ बलको सामना गर्दै ६ चौका र २ छक्का सहित अविजित ४२ रनको पारी खेले। कर्णालीका कुनैपनि बलरको विकेट लिन सकेनन्।

त्यसअघि जनकपुरको रामजानकी मल्टीपर्पोज स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेश ३६ ओभरमा अल आउट हुदै मात्र १ सय ७ रनमा समेटियो।

कर्णालीका खेलाडीहरूले ब्याटिङमा निराशाजनक प्रदर्शन गरे। ३८ रन जोड्दा ४ विकेट गुमाउँदा कमजोर सुरूवात गरेको कर्णाली कुनै पनि समय सम्हालिन सकेन।

छैटौं क्रमका अर्जुन घर्तीले सर्वाधिक अविजित ३८ रन बनाए। यस्तै दिपेन्द्र रावतले २५ रन तथा दुई ओपनर रविन्द्र शाहीले १८ रन र सुनिल धमलाले १७ रन बनाए। यी चार बाहेक अन्यले दोहोरो अंकमा रन छुन समेत सकेनन्।

ब्याटिङमा कर्णालीलाई निरिह बनाउन कमल ऐरी र अभिषेक गौतमको प्रदर्शन अब्बल रहयो। कमलले ९ ओभरमा ४ मेडन सहित मात्र २५ रन दिएर ४ विकेट लिए। अभिषेकले १० ओभरमा २ मेडन सहित ४ विकट नै झारे।

छैटौं खेलमा एपिएफो यो दोस्रो जित हो। पहिलो खेल जितेको एपिएफ त्यसपछि ४ खेलमा पराजित भएको थियो।‌ एपिएफले ६ खेलबाट ५ अंक बनाएको छ।


कर्णालीको भने यो चौथो हार हो। ६ खेलबाट टोलीको ३ अंक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ