शनिबार, २६ बैशाख २०८३, ०२:४४
शनिबार, २६ बैशाख २०८३, ०२:४४

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्का निर्णय- सचिवको जिम्मेवारीदेखि कार्यविधि स्वीकृतसम्म

|
२ मिनेट पढ्ने समय
0
Screenshot 2026 05 07 130556 1778138609

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्ने सम्मका निर्णय गरेको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा बिहीबार सम्पन्न बैठकले राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव र जानुका पण्डितलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी तोक्ने निर्णय गरेको स्वास्थ्य मन्त्री खेमबहादुर सारुले जानकारी दिए।

यस्तै, अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयको निर्देशकको जिम्मेवारी तोकिएको छ।

बैठकले गुल्मी जिल्लास्थित इस्मा गाउँपालिकाको केन्द्र वडा नम्बर ५ को चापटारीमा कायम गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेस भएको ‘अध्ययन पूर्वस्वीकृति तथा अध्ययन बिदा स्वीकृति सम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गर्ने निर्णय गरिएको छ।

प्रदेश प्रशासनिक परिसरभित्र नवनिर्मित भवनबाट सेवा प्रवाहका लागि आवश्यक फर्निचर तथा फिक्स्चर्स व्यवस्थापन गर्न बजेट फुकुवा गर्ने निर्णय समेत बैठकले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ