मंगलवार, १२ श्रावण २०८३, ०२:४२
मंगलवार, १२ श्रावण २०८३, ०२:४२

जानकी गाउँपालिकाको ३ नं. वडामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन

जानकी गाउँपालिकाको ३ नं. वडामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन, स्वस्थ समाज निर्माणमा टेवा पुग्ने पालिका अध्यक्ष चौधरीको विश्वास
|
३ मिनेट पढ्ने समय
0
janaki rm 3

जानकी । कैलालीको जानकी गाउँपालिका ३ नं. वडामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । गाउँपालिका अध्यक्ष गणेश चौधरीले केन्द्रको उद्घाटन गर्दै स्वस्थ समाज निर्माण तथा दीर्घरोग नियन्त्रणमा यस केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

janaki rm 3.2

यो पनि पढ्नुहोस्

बर्दगोरिया गाउँपालिकामा बालविवाहविरुद्ध सक्रिय किशोरी सम्मानित, विपन्न छात्राहरूलाई शैक्षिक सहयोग
२०८३ असार २ गते, मंगलवार
लम्की चुहाको १७ औँ नगरसभामा आ.व. २०८३/०८४ को नीति तथा कार्यक्रम पेश
२०८३ जेष्ठ २४ गते, आईतवार
जानकी गाउँपालिकाको १८ औँ गाउँसभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पेश
२०८३ जेष्ठ २१ गते, बिहीबार

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले आधुनिक उपचारसँगै आयुर्वेद, योग तथा ध्यानजस्ता पद्धतिहरूले नागरिकको स्वास्थ्य सुधारमा सकारात्मक प्रभाव पार्ने बताए । उनले नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्दै सेवा केन्द्रबाट उपलब्ध गराइने सुविधाको अधिकतम उपयोग गर्न आग्रह गरे ।

“स्वस्थ नागरिक बिना समृद्ध समाजको परिकल्पना गर्न सकिँदैन,” अध्यक्ष चौधरीले भने, “नागरिक आरोग्य सेवा केन्द्रले समुदायस्तरमै स्वास्थ्य सचेतना बढाउनुका साथै दीर्घरोग न्यूनीकरणमा सहयोग पुर्‍याउनेछ ।”

janaki rm 3.3

वडा अध्यक्ष सुरेश चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्ट, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, बड्घर तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।

janaki rm 3.4

गाउँपालिकाका अनुसार नागरिक आरोग्य सेवा केन्द्रमार्फत आधारभूत आयुर्वेद सेवाअन्तर्गत विभिन्न रोगका निःशुल्क औषधि वितरण गरिनेछ । साथै योग, ध्यान, स्वास्थ्य परामर्श तथा जीवनशैली व्यवस्थापनसम्बन्धी सेवा समेत उपलब्ध गराइने जनाइएको छ ।

स्थानीयवासीले गाउँमै आयुर्वेद तथा स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध भएपछि उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरेका छन् । गाउँपालिकाले आगामी दिनमा यस्ता स्वास्थ्य सेवा थप प्रभावकारी बनाउँदै अन्य वडामा समेत विस्तार गर्ने योजना रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ