बिहीबार, ३१ बैशाख २०८३, १२:०२
बिहीबार, ३१ बैशाख २०८३, १२:०२

प्रादेशिक अस्पताल सञ्चालनको माग गर्दै, लम्कीचुहा नगरपालिकामा तालाबन्दी

लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनको माग गर्दै आन्दोलनरत स्थानीयले बुधबार लम्कीचुहा नगरपालिकामा तालाबन्दी गरेका हुन् ।
|
४ मिनेट पढ्ने समय
0
Lamki Chuha Mun 1

लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनको माग गर्दै आन्दोलनरत स्थानीयले बुधबार लम्कीचुहा नगरपालिकामा तालाबन्दी गरेका छन् ।

लम्कीचुहाकी नगरप्रमुख सुशीला शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीचको विवादका कारण अस्पताल स्तरोन्नति प्रक्रिया प्रभावित भएको भन्दै स्थानीय आन्दोलित बनेका हुन् । नगरप्रमुख शाहीले अस्पताल स्तरोन्नतिमा अवरोध गरेको आरोप स्थानीयको छ ।

यो पनि पढ्नुहोस्

१३ दिनपछि छुटे ओली र लेखक
२०८२ चैत्र २६ गते, बिहीबार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
२०८२ चैत्र २४ गते, मंगलवार
टीकापुरमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलो मै स्वास्थ्य सेवा
२०८२ चैत्र २१ गते, शनिबार

नगरपालिका कै आग्रहमा प्रदेश सरकारले संघीय सरकारको स्वीकृति लिएर १५ शैयाको अस्पताललाई ५० शैयामा स्तरोन्नति गरी प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्ने योजना बनाएको थियो । सोही योजना अनुसार प्रदेशको सामाजिक विकास मन्त्रालयले सम्झौताको लागि पटक–पटक पत्राचार गरे पनि नगरपालिकाले बेवास्ता गर्दै आएको छ ।

पछि प्रदेश सरकारले चैत १ गते प्रादेशिक अस्पताल व्यवस्थापन समिति गठन गर्दै तीन जना कर्मचारी खटाएको थियो । तर, बैशाख २८ गते अस्पतालमा हाजिर हुन पुगेका प्रदेश सरकारबाट खटिएका कर्मचारीलाई नगरप्रमुख शाहीले नगर प्रहरी परिचालन गरी अवरोध गरेको बताइएको छ ।

प्रदेश सरकारले अस्पताल स्तरोन्नतिका लागि चार करोड रुपैयाँ विनियोजन गरेको भए पनि विवादका कारण योजना अलपत्र पर्ने र बजेट फ्रिज हुने अवस्था आएको भन्दै स्थानीयहरू प्रादेशिक अस्पताल सञ्चालनको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

१५ शैयाको उक्त अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष नगर प्रमुख शाही नै हुन् । प्रदेश सरकारका अधिकारीका अनुसार शाहीले प्रादेशिक अस्पताल बनेपछि पनि आफू नै अध्यक्ष रहन चाहेको बताइएको छ ।

तालाबन्दीका क्रममा आन्दोलनकारी र सुरक्षाकर्मीबीच केही समय तनावको अवस्था सिर्जना भएको थियो । प्रहरीले थप सुरक्षा बलसमेत माग गरेको जनाएको छ । आन्दोलनका कारण लम्कीचुहामा दिनभर तनावपूर्ण अवस्था रहेको थियो ।

स्थानीयले लम्कीचुहा नगरपालिका ४ नं. वडा कार्यालयमा समेत तालाबन्दी गरेका छन् । आन्दोलनरत पक्षका पारश देवकोटाले प्रादेशिक अस्पताल सञ्चालनका लागि आएका डाक्टर तथा कर्मचारीलाई नगरप्रमुखले अवरोध गरेको विरोधमा तालाबन्दी गरिएको बताए । उनले अस्पताल यथाशीघ्र सञ्चालन गर्न दिनु पर्ने बताए ।

मन्त्रालयले अस्पताल सञ्चालनका लागि डाक्टर कमलेशप्रसाद यादवलाई मेडिकल सुपरिटेन्डेन्टका रूपमा खटाएको थियो । साथै एक जना लेखा अधिकृत र एक जना चिकित्सक कर्मचारी पनि पठाइएको थियो । अस्पताल स्तरोन्नतिको विषयमा लामो समयदेखि चलिरहेको विवाद कर्मचारीलाई हाजिर हुन नदिएपछि थप चर्किएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट