मंगलवार, १२ श्रावण २०८३, ०१:२१
मंगलवार, १२ श्रावण २०८३, ०१:२१

८३ स्थानीय तहले जिम्मेवारी घटी सारे, २६८ पालिकाले गरेनन् आन्तरिक लेखापरीक्षण

|
३ मिनेट पढ्ने समय
0
audit 4

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदनले स्थानीय तहमा आर्थिक अनुशासन र लेखा प्रणाली कमजोर रहेको औंल्याएको छ ।

प्रतिवेदन अनुसार ८३ स्थानीय तहले प्राप्ति र भुक्तानीको एकीकृत वार्षिक प्रतिवेदन तयार गर्दा गत वर्षको मौज्दात यस वर्ष जिम्मेवारी सार्ने क्रममा फरक पारेका छन् । ती स्थानीय तहले कुल ८८ करोड १० लाख २९ हजार रुपैयाँ घटी जिम्मेवारी सारेको उल्लेख गर्दै महालेखाले त्यसको आधार तथा कारण समेत नखुलाइएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

बर्दगोरिया गाउँपालिकामा बालविवाहविरुद्ध सक्रिय किशोरी सम्मानित, विपन्न छात्राहरूलाई शैक्षिक सहयोग
२०८३ असार २ गते, मंगलवार
लम्की चुहाको १७ औँ नगरसभामा आ.व. २०८३/०८४ को नीति तथा कार्यक्रम पेश
२०८३ जेष्ठ २४ गते, आईतवार
जानकी गाउँपालिकाको १८ औँ गाउँसभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पेश
२०८३ जेष्ठ २१ गते, बिहीबार
image

त्यस्तै, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले आफ्नो आय–व्ययको आन्तरिक लेखापरीक्षण गराउनुपर्ने व्यवस्था भए पनि २६८ स्थानीय तहले आन्तरिक लेखापरीक्षण नगराएको प्रतिवेदनमा उल्लेख छ ।

audit 2

महालेखाले कानुनबमोजिम नियमित आन्तरिक लेखापरीक्षण गरी आर्थिक पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न स्थानीय तहलाई सुझाव दिएको छ ।

यस्तै, बैंक हिसाब मिलानतर्फ पनि कमजोरी देखिएको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहहरूले मासिक रूपमा स्रेस्ता र बैंक खाताको हिसाब मिलान गर्नुपर्ने भए पनि सोअनुसार विवरण तयार नगरेको महालेखाले जनाएको छ । प्रतिवेदनअनुसार १० स्थानीय तहको स्रेस्तामा देखाएको भन्दा बैंक खातामा ५४ करोड ४२ लाख ३५ हजार रुपैयाँ घटी मौज्दात रहेको अवस्थामा हिसाब मिलान गरिएको पाइएको छ ।

audit 3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ