शनिबार, १६ जेष्ठ २०८३, ०३:३१
शनिबार, १६ जेष्ठ २०८३, ०३:३१

अमेरिकामाथि नेपालको शानदार जित, कुशल भुर्तेलको अविजित शतक

|
३ मिनेट पढ्ने समय
0
word cup cricet nepal

काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत जारी एक दिवसीय सिरिजमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ ।

नेपालको जितमा ओपनर कुशल भुर्तेल नायक बने । उनले अविजित १२० रनको शानदार शतकीय इनिङ्स खेल्दै टोलीलाई सहज जिततर्फ डोर्‍याए । ११८ बल सामना गरेका भुर्तेलले १३ चौका र ४ छक्का प्रहार गरेका थिए । यो उनको एक दिवसीय अन्तर्राष्ट्रिय करिअरको दोस्रो शतक हो ।

यो पनि पढ्नुहोस्

एनपीएल २ मा क्यानको मुनाफा २७४ प्रतिशत बढ्यो, प्रत्येक फ्रेन्चाइजको भागमा २ करोड
२०८२ चैत्र २४ गते, मंगलवार
आइपिएलमा दिल्ली र मुम्बई खेल्दै
२०८२ चैत्र २१ गते, शनिबार
आशिफ र दीपकको साझेदारीमा एपिएफको जित
२०८२ चैत्र २१ गते, शनिबार

भुर्तेलले आसिफ शेखसँग पहिलो विकेटका लागि १४५ रनको बलियो साझेदारी गरे । आसिफले ५८ रनको अर्धशतकीय योगदान दिए । त्यसपछि इशान पाण्डेले २० रन जोड्दै नेपाललाई जितसम्म पुर्‍याए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनाएको थियो । अमेरिकाका लागि सुमित पटेलले सर्वाधिक ८३ रन बनाए भने सेहान जयसूर्यले ५० रनको अर्धशतक प्रहार गरे । मिलिन्द कुमारले २८ तथा हर्मित सिंहले १४ रन जोडे पनि अन्य ब्याटर चल्न सकेनन् ।

नेपालका बलरहरूले अनुशासित प्रदर्शन गरेका थिए । दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिएर अमेरिकी ब्याटिङ लाइनअपलाई धराशायी बनाए । सोमपाल कामीले २ विकेट लिए भने सन्दीप लामिछाने र गुल्सन झाले समान १–१ विकेट हात पारे ।

यो जितसँगै नेपालले सिरिजमा महत्वपूर्ण अंक जोड्दै आगामी खेलका लागि आत्मविश्वास बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ