मंगलवार, ११ कार्तिक २०८३, ०५:२८
मंगलवार, ११ कार्तिक २०८३, ०५:२८

बालविवाहविरुद्ध सक्रिय किशोरी सम्मानित, विपन्न छात्रालाई शैक्षिक सहयोग

|
२ मिनेट पढ्ने समय
0
Dalit Forum 001

दुर्गौली, कैलाली । कैलालीको जानकी गाउँपालिका मा बालविवाहविरुद्धको अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने ९ जना किशोरी समूहका सदस्यलाई सम्मान गरिएको छ। गाउँपालिका अध्यक्ष गणेश चौधरी ले समाजमा सकारात्मक परिवर्तन ल्याउन किशोरीहरूले खेलेको योगदानको प्रशंसा गर्दै उनीहरूलाई सम्मान गर्नुभएको हो।

यो पनि पढ्नुहोस्

मातृभुमि सामुदायिक वनको १२ औं चुनावी साधारण सभा सम्पन्न
२०८३ आश्विन २४ गते, शनिबार
राष्ट्रिय आधारभूत विद्यालय खैरिपुरमा सामाजिक परीक्षण तथा अभिभावक भेला सम्पन्न
२०८३ आश्विन २१ गते, बुधबार
प्याकुरेल सेवा समाज नेपालद्वारा सामुदायिक विद्यालयमा सरसफाई सप्ताह सम्पन्न
२०८३ असार २ गते, मंगलवार
Dalit Forum 003

त्यसैगरी, आर्थिक रूपमा विपन्न १० जना किशोरीलाई अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले विद्यालय पोषाक, जुत्ता तथा स्टेशनरी सामग्री वितरण गरिएको छ।

दलित महिला अधिकार मञ्च कैलाली को आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता सावित्रा घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा महिला अधिकारकर्मी बिमला कढायत, जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडी तथा महिला विकास शाखा प्रमुख यमुना बिष्ट लगायतको उपस्थिति रहेको थियो।

Dalit Forum 002

यस कार्यक्रमले बालविवाहविरुद्धको अभियानलाई सशक्त बनाउनुका साथै किशोरीहरूको शिक्षा र सशक्तीकरणमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
4 😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
समीर जैसी
लेखकको बारेमा

समीर जैसी

(पालिका दर्पणका प्रेस प्रतिनिधिको रूपमा स्थानीय मुद्दा, जनताको आवाज र गतिविधिहरूलाई तिखो, निर्भीक र प्रभावकारी ढंगले उजागर गर्दै सूचना प्रवाहमा सशक्त भूमिका निर्वाहमा क्रियासिल रहनु भएका)

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ